विपद्का कारण गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन

बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको र अन्य चारवटा सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ । गोरखाको आरूघाट गाउँपालिकास्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखा आरूघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा ठप्प बनेको छ । असोज २५ गते बिहानदेखि अवरुद्ध उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन । यसैगरी, धादिङको धुनिबेशीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा रहेको छ । गण्डकी प्रदेशका अन्य हिमाली तथा पहाडी जिल्लाका सडकहरूमा पनि बाढी–पहिरोले असर पारेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण एकतर्फी खुलेको छ । नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरको जन्ती पहिरोमा खसेको पहिरोले गर्दा सडक एकतर्फी मात्र सुचारु छ, जहाँबाट ठूला सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । त्यस्तै, मनाङ जोड्ने बेसीसहर–खाङ्सार सडक खण्ड पनि बाढीका कारण हाल एकतर्फी मात्र सञ्चालन भइरहेको छ । अवरुद्ध तथा आंशिक सञ्चालनमा रहेका सडकहरू पूर्ण रूपमा सुचारु गराउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


