यात्रुलाई गुणस्तरहीन खाना दिए कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । यातायात व्यवस्था विभागले यात्रुलाई गुणस्तरहीन खाना दिए कारबाही गर्ने मन्त्रालयको चेतावनी दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायबीच भएको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई यात्रुका लागि खाजा, नास्ता तथा खाना खुवाउन स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्रै रोक्न निर्देशन दिएको छ । विभागले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनसमेत भनेको छ । खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरी उपलब्ध गराइएको खाना खाँदा यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक तथा होटल र रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ । त्यस्तै, खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा कमी भएको वा मूल्यमा ठगी गरिएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गरी गुनासो गर्न सक्नेछन् । यात्रुहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सम्बन्धित कार्यालयमा समेत उजुरी गर्न सक्ने विभागले जनाएको छ । यात्राका क्रममा यात्रुको स्वास्थ्यमा असर नपर्ने गरी स्वच्छ र सुरक्षित खाना उपलब्ध गराउनुका साथै खानाको मूल्यमा हुने ठगी नियन्त्रण गर्न सम्बन्धित निकायले निगरानी र नियमनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । The post यात्रुलाई गुणस्तरहीन खाना दिए कारबाही गर्ने सरकारको चेतावनी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

काठमाडौँमा ट्राफिक कारबाही: तीन दिनमा २९४ चालक कारबाहीमा
काठमाडौं। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमाथिको निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। घटस्थापनाको दिन असोज २५ गतेदेखि मंगलबारसम्मको अवधिमा २९४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। विशेष ट्राफिक चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारी साधन र तीव्र गतिमा चलाइएका ७६ वटा सवारी साधनलाई कारबाही गरिएको हो। यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ ...

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस
राँझा (बाँके) – नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ४ थान ४१ सिटे र ३ थान ३६ सिटे बस ३ करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको ८ वर्षमै नगर बस प्रयोगविहीन […] ...

गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव छैन : मन्त्री घिमिरे
अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८… ...

बाजुराका मतदाताको नामावली अद्यावधिक
बाजुरा । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ। जिल्ला निर्वाचन कार्यालयले दोहोरो दर्ता, मृत्यु भएका मतदाता तथा ठाउँसारी गरेका मतदाताको विवरण अद्यावधिक गरेको हो । यस क्रममा ५८९ मतदाताको... ...


