पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब ४५ करोड घाटा

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहेको भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले हाल कायम रहेको बिक्री मूल्यलाई नै निरन्तरता दिएको हो। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट असोज २९, २०८३ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गर्नुपर्ने अवस्था भए पनि निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य परिवर्तन नगरेको जनाएको छ। निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि सोहीअनुसार क्रमशः १९७ रुपैयाँ ५० पैसा, १९९ रुपैयाँ र २०० रुपैयाँ प्रतिलिटर तोकिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् छ। यसरी मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

अन्तरजातीय विवाह गर्ने २ जोडीले पाए एकएक लाख प्रोत्साहन रकम
मुगुको : मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाहलाई जोड दिनुहोस्। जातीय विभेद र छुवाछूत न्यूनीकरण सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नगरपालिकाले थप जनही एक लाख लाखका दरले कुल तीन लाख उपलब्ध गराए हो। छायाँनाथ रारा नगरपालिका नगरपालिका ऐन, २०८० बमोजिम आयोजित कार्यक्रममा नगरपालिकाले एक–एक लाखको चेक हस्तान्तान्त देखाएको छ । आर्थिक सहयोग प्राप्त… ...

चेपाङलाई खाद्यान्न सहयोग
चितवन । यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गरेका छन् । उनले कालिका नगरपालिका–१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गरेका हुन् । ढकालले एक परिवारलाई... ...
_fam6WtIhIE.jpg)
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ १. पेट्रोलियम पदार्थको मूल्य यथावत नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री... ...

‘भक्तपुरलाई नमुना जिल्ला बनाउँछौँ’
भक्तपुर, असोज २९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमुना जिल्ला बनाउने बताउनुभएको छ ।सूर्यविनायक नगरपालिकालाई आज... ...


