माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा चार सञ्चालक चयन, रोशन केसी पुन:अध्यक्ष

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाबाट रोशन केसी, मुकुन्द महत, विश्व प्रकाश गौतम तथा कृति महतो सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, साधारणसभापछि आजै बसेको बैंकको सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक रोशन केसीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । केसी यसअघि पनि अध्यक्ष थिए । बैंकको संस्थागत सुशासन, व्यवसाय विस्तार, नवीन बैंकिङ सेवा तथा सेयरधनीको हित प्रवर्धनमा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी रु. १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी रु. १५ अर्ब ४५ करोड पुग्नेछ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा ...

के–के हुन् सात प्रदेशका असल अभ्यास ?
विराटनगर । कोशी प्रदेशको विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका तर्फबाट केही असल अभ्यासहरू प्रस्तुत भए । ती असल अभ्यासहरू एक अर्को प्रदेशले नमुनाका रूपमा लिन सक्ने भन्दै सम्मेलनमा प्रस्तुत भएका... ...

खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि तीन विषयमा केन्द्रित रहेर छानबिन तीव्र पारेको छ। महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई गम्भीर रुपमा लिँदै मिहीन छानबिन गरिरहेको आयोगका एक सदस्य बताउँछन्। ‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर अहिलेसम्म हामीले यो घटनालाई ... ...

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ।यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । ...


