संसदीय सुनुवाइ समितिद्वारा १० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ । बुधबार बसेको समिति बैठकले १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दै साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने अस्वीकृत गरेको हो । समितिले भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीव थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरू जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । त्यस्तै, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले अनुमोदन गरेको छ । समिति सभापति बोधनारायण श्रेष्ठले बैठकले १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको जानकारी दिए । यस्तै, समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

राष्ट्र बैंक भन्छ- स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल
केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल भएको देखाएको हो । ...

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलोगरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । ...

रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित
सरकारले बाढीपीडितको पुनर्स्थापनामा समयमै पहल गर्न नसक्दा विस्थापित परिवार तितरबितर अवस्था छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ । ...



