Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रकृतिको अर्को प्राहार

प्रकृतिको अर्को प्राहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रकृतिको अर्को प्राहार

नेपालले प्राकृतिक प्रकोपको अर्को विनाशलीलाको दुर्दशा भोग्नुपरेको छ । अस्ति आइतबार बिहान बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट धनजनको ठूलो क्षति हुन पुग्यो । यस बाढीबाट आएको क्षतिको यकिन विवरण अझै प्राप्त हुनसकेको छैन । हाल केही दिनको अन्तरालमा नेपालले एकपछि अर्को यस्ता ठूला प्राकृतिक प्रकोपहरूको सामना गर्नुपरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीले अहिलेसम्मकै ठूलो विनाशलीला मच्चायो । त्यसबाट के कति क्षति भयो भनेर केवल आँकलन हुनेमात्रै कुरा हो । त्यसको यथार्थता पुष्टि गर्न भने मुस्किल हुन्छ । तैपनि सरकारले चार खर्ब ७८ अर्बभन्दा बढीको क्षति भएको निष्कर्ष निकालेको छ । विनाश भएका सम्पूर्ण संरचनाहरूको यथास्थितिमा पुनर्निर्माण गर्ने हो भने त्यसका लागि ठूलो धनराशि खर्च हुनसक्छ । यसका साथै क्षति भएको घरजग्गाको त यथार्थ मूल्यांकन गर्न पनि सकिँने अवस्था रहँदैन । त्यस प्रलयबारी बाढीमा परेर एक हजार ४५५ जनाको मृत्यु पुष्टि भएको छ भने पाँच हजार २८५ जना बेपत्ताको सूचीमा रहेका छन् । बाढी आएको डेढ महिना बितिसक्यो । अब बेपत्ता भएका भनिएकाहरूको पनि मृत्यु भइसकेको अनुमान गर्दा अन्यथा हुने छैन । किनभने उनीहरू जीवित भएका भए हालसम्म सम्पर्कमा जसरी भए पनि आइसक्थे । हराएका भनिएका र मृत्यु भएको पुष्टि भएकाहरूको संख्या जोड्दा साढे छ हजारभन्दा बढी व्यक्ति उक्त बाढीमा परेर मृत्युवरण गर्न बाध्य भए भन्न सकिन्छ । यस वर्षको प्राकृतिक प्रकोप त्यतिमा मात्र सीमित भएन । असोज लागेपछि पुनः ८ देखि १२ गतेका बीचमा अविरल वर्षा भयो र त्यसबाट पनि ठूलो धनजनको क्षति भयो । त्यस वर्षा तथा बाढीमा परेर पनि अढाई दर्जन जति व्यक्तिहरूले ज्यान गुमाए भने त्यसबेला पनि भौतिक सम्पत्तिको ठूलो क्षति भयो । अस्ति २५ गते बुढीगण्डकीमा एकाएक आएको बाढी गत भदौ १० गते भोटेकोशीमा आएको बाडीको पुनरावृत्तिको झल्को दिनेगरी आएको थियो । कालो लेदोसहित आएको उक्त बाढीले पनि केही पक्की पुल, केही झोलुंगे पुल, बगाउनका साथै गाउँबस्तीहरू पनि बगायो । व्यक्तिका निजी घर, केही विद्युत परियोजना, टेलिफोन तथा बिजुलीका पोलहरू भत्काएर त्यस क्षेत्रमा सञ्चार र विद्युत्मा अवरोध पुर्‍यायो । कालीगण्डकी ए विद्युत् परियोजनाको क्याम्प र केही उपकरण पनि बगायो । बाढीमा परेर कति व्यक्ति हराइरहेका छन् । यसको कारण र परिणाम दुवै हालसम्म यकिन हुनसकेको छैन । तर, बुढीगण्डकी नदीको मुहान क्षेत्रमा सुख्खा पहिरो गएर नदी थुनिएको र त्यसपछि त्यो थुनिएको भाग पानीको दबाबले खुलेपछि तल्लो तटीय क्षेत्रमा यसरी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीपछि नेपाली सेना उद्धारमा खटिएको छ । सेनाले केही व्यक्तिहरूको उद्धार पनि गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले उक्त बाढी प्रभावित बन्न पुगेका व्यक्तिहरूको उद्धारमा खटिन आफ्ना पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । राजनीतिक प्रतिशोध र आग्रहपूर्वाग्रह अरू समयमा देखाए पनि यस्तो बेलामा सबै एकजुट हुनुपर्ने आवश्यकता रहन्छ । यही आवश्यकतालाई मध्यनजर गरी पार्टीहरूले आफ्ना कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । एउटा महाविपत्तिमा परेर त्यसको उद्धार तथा राहतको व्यवस्था मिलाई हालैमात्र उद्धार योजना स्थगित गरेको सरकारका सामु यस बाढीबाट अर्को चुनौती थपियो । भोटेकोशी बाढी प्रभावितहरूका लागि पुनर्स्थापनाका कार्य अझै हुनसकेका छैनन् । त्यसमाथि बुढीगण्डकी बाढीले साप्रोमाथि पिँडो थपको उखान स्मरण गराएको छ । यसका कारणहरू बिस्तारै खोजिँदै जालान् तर सिर्जना भएको परिस्थिति र परिणामको सामना गर्दै त्यसको व्यवस्थापन मिलाउनुपर्ने चुनौती तत्कालको हो । त्यो कसरी गर्ने भन्नेतर्फ सरकारले सोच्नुपर्ने हुन्छ र यस्तो बेलामा तीव्रताका साथ निर्णय र कार्य योजनामा उत्रनुपर्ने आवश्यकता रहन्छ । अर्को सोचनीय कुरा के हो भने हाम्रो देशको भूबनोट हाम्रा लागि चुनौतीपूर्ण छ । पटकपटक यस्ता घटना दोहोरिरहन्छन् । उत्तरी हिमाली क्षेत्रमा कमजोर भूबनोट छ । यहाँ सयौंका संख्यामा हिमतालहरू छन् र हिमनदीहरूको संख्या धेरै छ । अत्याधिक संख्यामा रहेका यस्ता हिमताल र हिमनदीहरू त्यहाँको कमजोर भूवनोटले गर्दा जतिबेला पनि भत्किन सक्ने अवस्थामा रहेका छन् । हिमाल फुटेर हिमतालमा र हिमतालहरू फुटेर हिमनदीमा मिसिँदै आफूसँगै अनेकौं लेदोमाटो, चट्टान र गेग्रानसमेत लिएर दक्षिणी क्षेत्रतर्फ तीव्रताका साथ बग्दा तटीय क्षेत्रका संरचना, बस्ती, मानव तथा प्राणीहरूलाई बगाउनेमात्र होइन तटीय क्षेत्रका भूमिहरूमा समेत विध्वंश मच्चाउने गर्छ । यस्ता परिणामहरू बेलाबेलामा देखिने गरेको भए तापनि गत भदौ १० गते भोटेकोशीमा आएको खालको महाप्रलयकारी बाढी भने नेपालको इतिहासमै जानकारी भएसम्मको पहिलो हुनसक्छ । त्यसयता डेढ महिनाका बीच अर्को हमाविपत्ति निम्त्याउँदै विनाशकारी बाढी बुढीगण्डकी नदीमा दोहोरियो । नेपालका धेरै बस्तीहरू नदीतटमा रहेका छन् । यसकारण ती सबै बस्तीहरू जोखिममा छन् भन्ने कुरा दोहोर्‍याइरहनु पर्दैन । यसबाट जोगिन व्यक्ति आफू पनि सावधान रहनुपर्छ र सुरक्षाका अनेकौं उपाय अवलम्बन गर्नुपर्छ । कुनै पनि संरचना, योजना परियोजनाहरू निर्माण गर्न वर्षौं लाग्छ र करोडौं अर्बौंको लागत पनि लाग्छ तर विनाश हुन भने एक क्षण पर्याप्त हुन्छ । जसले गर्दा आफू सधैंका लागि सुरक्षित हुने ढंगले आफ्ना निजी निवास तथा अन्य संरचना निर्माण गर्नु बुद्धिमत्तापूर्ण ठहरिन जान्छ । गत असोज ८ गतेदेखि १२ गतेसम्म आएको निरन्तरको वर्षा र यसबाट भएको क्षतिजस्तो स्वरूपका विनाशहरू पनि हाम्रो देशमा प्रत्येक वर्ष दोहोरिँदै आएका छन् । गत सालको असोजको दोस्रो हप्तामा यसपटकको भन्दा बढी विनाशकारी बाढी आएको थियो । २०८१ सालमा पनि सोही समयमा सोही प्रकृतिको बाढी आएको थियो । यस्तो बेलामा सावधानी अपनाउनाले मानवीय र भौतिक क्षति दुवै कम हुनसक्छ । मौसम पूर्वानुमान विभागले पहिले नै सूचना दिएर सचेत गराएको हुनाले ठूलो वर्षात् भए पनि आनुपातिक रूपमा क्षति कम भएको थियो । यस्तो बेलामा बलमिच्याई गर्नु बुद्धिमानीपूर्ण हुनसक्दैन । सचेतता र सावधानीले धनजनको क्षति कम गराउँन सक्छ । तटीय क्षेत्रमा बस्नेहरूले पनि यस बारेमा सचेतता अपनाउनु बुद्धिमत्तापूर्ण हुन जानेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play