Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर

चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर

हङकङ । चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ । चिनियाँ भन्सार निकायका अनुसार सेप्टेम्बरमा आयात ३१ प्रतिशतले बढ्दा मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर १३३.५ अर्ब डलर पुगेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म अर्धचालकको निर्यात १०८.१ प्रतिशत, तथ्याङ्क प्रशोधन उपकरण तथा पार्टपुर्जाको ५४.६ प्रतिशत र सवारीसाधनको ५४.३ प्रतिशतले बढेको छ । निर्यात वृद्धिले घरेलु उपभोग र लगानी सुस्त रहेको चीनको अर्थतन्त्रलाई सहयोग गरे पनि घरजग्गा क्षेत्रको मन्दी चुनौती बनेको छ । चीनले सन् २०२६ मा ४.५ देखि पाँच प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । तर अन्तर्राष्ट्रिय मुद्राकोषले वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ । चीनको बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली सङ्घ (इयु) सँग तनाव बढाउने जोखिम छ । इयुले चीनसँगको दैनिक एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार घाटा घटाउन प्रयास गरिरहेको छ । इयुका व्यापार प्रमुख मारोस सेफकोभिचले आगामी केही वर्षमा चीनबाट हुने हाइब्रिड कारको आयात आधा गर्ने विषयमा सहमति भएको बताएका थिए । विश्लेषकहरूका अनुसार कमजोर युआनले चिनियाँ सामान सस्तो बनाउन सहयोग गरे पनि पश्चिमी बजारमा व्यापारिक दबाब बढिरहेको छ । दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा निर्यात विस्तारले पश्चिमी बजारको मागलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनीहरूको भनाइ छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी सुस्त भए चीनको उच्च प्रविधियुक्त सामानको निर्यातमा समेत असर पर्न सक्ने अर्थशास्त्री म्याक्स जेङ्गलेनले बताउनुभएको छ । चीनले घरेलु माग बढाउन घर खरिदकर्ताको धितो ऋणको ब्याजमा अनुदानजस्ता उपाय अघि सारे पनि आन्तरिक माग सुदृढ पार्नु चुनौती बनेको छ । चीनले आगामी साता जुलाई–सेप्टेम्बर त्रैमासिकको आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित
ताजा खबरJust now

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

न्युयोर्क, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मङ्गलबार गोप्य मतदानबाट चयन भए... ...

गोरखापत्र
प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो
ताजा खबरJust now

प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो

• १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ र समितिमा निर्णयको छलफल भइरहेको छ। • मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि राजदूतहरूको सिफारिस गरेको थियो, जसमा प्रमुख देशहरू भारत, चीन, अमेरिका र बेलायत समावेश छन्। • राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरूमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र चिरनजंग थापा जस्ता नामहरू रहेका छन्। ...

नेपालबहस
बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध
ताजा खबरJust now

बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध

• बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध गरेको छ। • बाढीले विद्युत् पोल, प्रसारण संरचना र पुलमा क्षति पुर्याएकोले चुमनुब्री र धार्चे गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्। • विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा प्रशासनिक काम र सूचना आदानप्रदानमा समस्या आएको छ। ...

नेपालबहस
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
ताजा खबरJust now

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहट, सुनसरी, मकवानपुर लगायतका जिल्लामा भएको सारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका–८... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play