पूर्वसांसद एवं नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

काठमाडौं । पूर्वसांसद एवं नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेता डा. विजय पौडेलको निधन भएको छ । उहाँको सोमबार कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निधन भएको हो । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो । ‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले भन्नुभयो । डा. पौडेल लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेमा रहेर लामो समय राजनीतिक गतिविधिमा संलग्न हुनुभएको थियो । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनुभएको थियो । पछि एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया अघि बढेपछि त्यसप्रति असहमति जनाउँदै उहाँ नेकपा संयुक्तमा सक्रिय हुनुभएको थियो । राजनीतिसँगै शिक्ष र सञ्चार क्षेत्रमा पनि संलग्न पौडेलले जनता टेलिभिजनसमेत सञ्चालन गर्दै आउनुभएको थियो । डा. पौडेल पुराना कम्युनिस्ट नेता एवं सात्यिकार मोदनाथ प्रश्रितका एक मात्र छोरा हुनुहुन्छ । पौडेलका श्रीमती र दुई छोराछोरी छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


