Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खैरो हेरोइन भित्र्याउँदै आएका युवक हवाई फायरपछि समातिए

खैरो हेरोइन भित्र्याउँदै आएका युवक हवाई फायरपछि समातिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
खैरो हेरोइन भित्र्याउँदै आएका युवक हवाई फायरपछि समातिए

काठमाडौं । प्रहरीले ‘हवाई फायर’ गरेर खैरो हेरोइनसहित तारकेश्वरबाट एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरेको हो। ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सोल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट प्रहरीले मंगलबार पक्राउ गरेको हो। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–४ मा शङ्कास्पद अवस्थामा भेटिएका मियाँलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेर उनी भाग्न खोजेका थिए। त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको सहप्रवक्ता निरौलाले जानकारी दिए। प्रहरीले मियाँका साथबाट ३०० ग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले पाँच पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेका थिए। मियाँमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण ऐन अनुसार मियालाई १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको निरौलाले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
ताजा खबरJust now

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

रातोपाटी
सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
ताजा खबरJust now

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति

बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

गोरखापत्र
बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
ताजा खबरJust now

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

रातोपाटी
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
ताजा खबरJust now

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play