बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा

नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्याउने उद्देश्यले सामसङ नेपालले एक विशेष मर्मत सेवा अभियान (स्पेसिसल रिपेयर सर्भिस इनिसिएटिभ) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने हेतुले यो अभियान ल्याइएको सामसङ नेपालले जनाएको छ। अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म सञ्चालन रहने यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र काठमाडौँको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ। यी स्थानहरूलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्याउने लक्ष्य लिइएको छ। योग्य सामसङ स्मार्टफोन र ट्याब्लेट भएका ग्राहकहरूले जाँच तथा मर्मत सहायताका लागि आफ्ना उपकरणहरू सिधै तोकिएका सर्भिस क्याम्पमा लैजान सक्नेछन्। त्यसैगरी घरायसी सामानहरू (कन्ज्युमर इलेक्ट्रोनिक्स) का लागि भने घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको छ। यो विशेष सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँलगायत वरपरका जिल्लाहरूका लागि लक्षित गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरूसँगै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरूलाई समावेश गरिएको छ। यस अभियानअन्तर्गत प्रदान गरिने छुट तथा सुविधाहरू सामानको उमेर र वारेन्टीको आधारमा तय गरिएको छ। घरायसी सामान र मोबाइल उपकरण दुवैका हकमा वारेन्टी बाँकी रहेका सामानहरूको मर्मत तथा नयाँ फेर्नुपरेमा १०० प्रतिशत नै छुटको व्यवस्था गरिएको छ। यस्तै, १ देखि २ वर्षसम्म पुराना सामानहरूमा ८० प्रतिशत छुट उपलब्ध गराइनेछ। घरायसी सामानको हकमा २ देखि ५ वर्ष वा सोभन्दा पुराना र मोबाइल उपकरणको हकमा २ देखि ४ वर्ष पुराना सामानहरूमा ७० प्रतिशतसम्म छुट तथा नयाँ फेर्न परेमा सहयोग प्रदान गरिनेछ। यसैगरी, यदि कुनै सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा समेत विचार गर्न सकिने कम्पनीले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारकाबीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

१२औं नेपालगन्ज म्याराथन मंसिर १२ मा हुने
२७ असोज, काठमाडौं । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौड समावेश गरिएको आयोजकले जनाएको छ । नेपालगन्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर महिला तथा पुरुष… ...

परराष्ट्र मन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहु आयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक ...

बिमस्टेक बैठकमा क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा प्रस्ताव
२७ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले… ...


