Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा

पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा

10/16/2026, 11:45:41 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीपी कोईराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको काँग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताएका हुन । थापाले आजको नेपाली समाजका चुनौतीहरूलाई सम्बोधन गर्न ‘समुन्नति’ को अवधारणा अघि सारे । रिल्सको पछि मात्र कुदेर नहुने भन्दै उनले बन्द कोठामा छलफल र चिन्तन आवश्यक रहेको बताए । पर्यावरण, आर्थिक विकास, सुशासन र प्रजातान्त्रिक अधिकारलाई सँगसँगै लैजान समुन्नतिको ध्येय राख्नुपर्ने बताए । उनले नागरिकका आकांक्षा पूरा गर्नसक्ने पार्टीका रूपमा काँग्रेसलाई स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए । आफूलाई पार्टीका नियमित कामहरूबाट अलग राखेर वरिष्ठ उपसभापति र महामन्त्रीहरूले पार्टीको दैनिकी हेर्ने व्यवस्था गर्ने योजना रहेको बताए । आफू देशभर घुम्ने र नागरिकका कुरा सुन्न हिँड्ने उनको भनाइ छ । उनले कुनैपनि नेता वा कार्यकर्ताको निजी जीवनका गतिविधि र आचरणका लागि पार्टीलाई जिम्मेवार बनाउन नहुने जिकिर गरे । उनले भने, ‘ नेपाली काँग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ। सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ । विगतका नेताहरूको योगदानबाट प्रेरणा लिँदै वर्तमान पुस्ताका चुनौतीको उत्तर आफैँले खोज्न आवश्यक छ । आज नेपाली समाजमा रोजगारी, वैदेशिक पलायन, सुशासन, आर्थिक विकास, सामाजिक विभेद र वातावरण संरक्षणजस्ता चुनौती छन् । लोकतन्त्र र नागरिक अधिकारको रक्षा गर्दै विकास, समृद्धि र सुशासन हासिल गर्ने लक्ष्य नै ‘समुन्नति’ हो। कांग्रेसले यी आकाङ्क्षालाई सम्बोधन गर्ने विश्वास जनतामा जगाउनुपर्छ । यसका लागि मलाई पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरिका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याको समाधान खोज्ने अवसर दिनुपर्छ । हामीले सङ्गठन सञ्चालन, काम गर्ने शैली र सोच्ने तरिका परिवर्तन गर्न आवश्यक छ । नेपाली काँग्रेस कुनै व्यक्ति विशेषको निजी सम्पती होइन, यो लाखौँ नागरिकको साझा संस्था हो । पार्टीका सबै सदस्यको व्यक्तिगत आचरण र आर्थिक पारदर्शिताको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्छ । कसैको व्यक्तिगत कमजोरीको दोष पार्टीले बोक्नु हुँदैन, न त त्यस्ता कार्यको बचाउ नै गर्नुपर्छ । पार्टी नेतृत्वको समर्थन भनेको व्यक्तिका गलत कार्यको बचाउ गर्नु होइन, उसले पार्टी र जनताका लागि गर्ने सही कामलाई बलियो बनाउनु हो । यही मान्यताका आधारमा पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै विकृति हटाउनुपर्छ र नेपाली कांग्रेसलाई अझ स्वच्छ, जिम्मेवार तथा जनउत्तरदायी पार्टीका रूपमा विकास गर्नुपर्छ ।’ सभापति थापाले सञ्चारमाध्यमहरूलाई पनि आग्रह गर्दै कुनै व्यक्तिको व्यक्तिगत कमजोरी जोडेर सिंगो पार्टीलाई नै दोषी नठहराउन अनुरोध गरे । थापाले पार्टीलाई थप सुदृढ र सफा बनाउन सानो स्तरबाटै सुधारको प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

ब्रिटाकोफको सातौँ सम्मेलन सम्पन्न, डिजिटल कर प्रणालीमा जोड
ताजा खबरJust now

ब्रिटाकोफको सातौँ सम्मेलन सम्पन्न, डिजिटल कर प्रणालीमा जोड

काठमाडौं । बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) को सातौँ सम्मेलन सम्पन्न भएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा अक्टोबर १३ देखि १५ सम्म आयोजित सम्मेलनमा डिजिटल अर्थतन्त्रसँगै कर प्रशासनलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । ‘स्मार्ट कर प्रणाली, साझा समृद्धिमा साझेदारी’ नारासहित सम्पन्न सम्मेलनमा नेपालबाट आन्तरिक राजस्व […] ...

लोकपथ
दशैँमा काठमाडौं भित्रिएका ८ हजारभन्दा बढी पशुको स्वास्थ्य परीक्षण, स्वस्थ कसरी चिन्ने ?
ताजा खबरJust now

दशैँमा काठमाडौं भित्रिएका ८ हजारभन्दा बढी पशुको स्वास्थ्य परीक्षण, स्वस्थ कसरी चिन्ने ?

काठमाडौं । दशैँका लागि काठमाडौं भित्रिएका पशुको स्वास्थ्य परीक्षण भइरहेको छ । पशु सेवा विभागले विभिन्न जिल्लाबाट उपत्यका भित्रिएका खसी–बोका, च्याङ्ग्रा, राँगालगायत मासुजन्य ६ हजार ८ सय पशुको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । परीक्षणपछि स्वस्थ ठहर भएका खसी–बोका, भेडा, च्याङ्ग्रा र राँगाको सिङमा हरियो रङ लगाइएको छ । उपभोक्ताले हरियो रङ हेरेर स्वस्थ पशु रहेको अनुमान लगाउन सक्ने विभागले जनाएको ...

केन्द्रबिन्दु
बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’
ताजा खबरJust now

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौं । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत भएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उनलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरे । प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा ...

केन्द्रबिन्दु
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
ताजा खबरJust now

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता

काठमाडौं – जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ । होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चेतावनी दिइएको थियो । तर, करिब १२ मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको छ । जापानको मौसम विज्ञान निकायले भूकम्पको तीव्रता आवश्यकताभन्दा बढी अनुमान गर्दा गलत चेतावनी जारी भएको स्वीकार गर्दै माफी मागेको ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play