Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु

हुम्ला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ । नेपालको सबैभन्दा उच्च २९ मिटरमा रहेको सदरमुकाम सिमकोटमा कर्णाली प्रदेशका दस वटै जिल्लाका महिला भलिबल खेलाडी छनोट प्रतियोगितामा भाग लिन यहाँ पुगेका हुन् । आउँदो यही मङ्सिर १६ देखि २८ गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनौट प्रतियोगिता आयोजना गरेको हो । जस अनुसार छनौट प्रतियोगिता अन्तर्गत दैलेखमा कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबुल टेनिस, रुकुम पश्चिममा कबड्डी, हुम्लामा महिला भलिबल र हक्की, जुम्लामा तेक्वान्दो, मुगुमा कबड्डी र कालिकोटमा पुरुष भलिबलका साथै बाँकी खेलका खेलाडी सुर्खेतबाट छनोट गरिने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिए । छनोट भएका खेलाडीलाई १० कात्तिकदेखि बन्द प्रशिक्षणमा राखिने भएको छ । हुम्लाको सदरमुकाममा भएको महिला भलिबलको उद्घाटन खेलमा जाजरकोटले मुगुलाई सोझो सेटमा हराएको थियो । भने यस्तै रुकुम पश्चिमले पनि हुम्लालाई सोझो सेटमा हराएको हो । त्यसै गरी दैलेख र जुम्लाले एक—एक सेट जितेर प्रतिस्पर्धा गरे पनि अन्तमा दैलेखदेखि हार स्विकार्नु परेको थियो । बिहीबार बिहान पहिलो खेल डोल्पा र सन्यानक हुने भएको छ । महिला भलिबल खेल उद्घाटनमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले,खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । छनोटमा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशको गौरव बढाउने अपेक्षा गरिएको अध्यक्ष भण्डारीको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता
ताजा खबरJust now

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन् । ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन् । एक हजार ९८६ मतगणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी)ले ७०१ मत पाएका छन् । ...

केन्द्रबिन्दु
भारतबाट दसैँ मनाउन घर फर्किनेको गड्डाचौकीमा अनिवार्य स्वास्थ्य परीक्षण
ताजा खबरJust now

भारतबाट दसैँ मनाउन घर फर्किनेको गड्डाचौकीमा अनिवार्य स्वास्थ्य परीक्षण

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ।      सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो।  भारतबाट फर्किने नागरिकमा... ...

नेपालखबर
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
ताजा खबरJust now

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

जाजरकोट। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे–३, स्यालाकी ३० वर्षीया ...

नेपालन्युज
प्रोत्साहन अनुदानले  बढ्यो दुध सङ्कलन
ताजा खबरJust now

प्रोत्साहन अनुदानले बढ्यो दुध सङ्कलन

हेटौँडा समाचारदाताहेटौँडा, असोज २९ गते । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play