Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत वितरण गरिएको हो । रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका प्रभावित परिवारले राहत पाएका छन्। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी करिब १ हजार ४०० घरपरिवारलाई पनि तीन दिनभित्र राहत वितरण गरिसक्ने सरकारको तयारी छ । गत असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमान्ड पोस्टको संयुक्त बैठकले प्रभावित घरपरिवारको पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो । रेडक्रससहित अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले दोहोरो सहायता नपर्ने र कुनै पनि प्रभावित परिवार नछुट्ने गरी राहत वितरण गर्न सरकारले स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसैबीच, बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका लागि पनि काम तीव्र पारिएको सरकारले जनाएको छ । The post भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
ताजा खबरJust now

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण ...

कर्पोरट खबर
काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
ताजा खबरJust now

काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता

काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता... ...

रातोपाटी
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
ताजा खबरJust now

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play