वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, दुई सय अनुसन्धानकर्ता लाभान्वित हुने

अमेरिकी प्रविधि कम्पनी गुगलले यूरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। यस पहलले युरोपमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधिगत प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। डब्लिनमा आयोजित कृत्रिम बुद्धिमत्तासम्बन्धी शिखर सम्मेलनका क्रममा बुधबार जारी विज्ञप्तिमा गुगलले अनुसन्धान टोलीलाई आवश्यक कम्प्युटिङ क्षमता र अत्याधुनिक उपकरणहरू प्रत्यक्ष रूपमा उपलब्ध गराएर वैज्ञानिक अनुसन्धानको गति तीव्र बनाउने उद्देश्य रहेको जनाएको छ। यूरोपेली आयोगको ‘यूरोपमा एआई विज्ञानका लागि स्रोत’ योजनाअन्तर्गत छनोट भएका अनुसन्धानकर्ताहरूले गुगल डिपमाइन्ड र गुगल क्लाउडका विभिन्न उन्नत वैज्ञानिक प्रविधिमा पहुँच पाउनेछन्। ती प्रविधिमा अल्फाफोल्ड–३, वेदरनेक्स्ट, अल्फाजेनोम, अल्फाइभोल्भ र अल्फाअर्थ फाउन्डेसन्स समावेश छन्। यीमध्ये अल्फाफोल्ड–३ प्रोटिन तथा जैविक अणुहरूको संरचना र अन्तरक्रियासम्बन्धी अनुसन्धानका लागि उपयोगी छ। यसले वैज्ञानिकहरूलाई जैविक प्रक्रियाहरू बुझ्न तथा औषधि विकाससम्बन्धी अनुसन्धान अघि बढाउन सहयोग पुर्याउन सक्छ। त्यसैगरी, वेदरनेक्स्ट मौसमसम्बन्धी पूर्वानुमानका लागि विकसित गरिएको प्रविधि हो। अन्य उपकरणहरूले जीन तथा जैविक प्रणालीको अध्ययन, वैज्ञानिक समस्याको समाधान खोज्ने प्रक्रिया र पृथ्वीसम्बन्धी विभिन्न विषयको अनुसन्धानमा सहयोग पुर्याउनेछन्। यी प्रविधिको प्रयोगबाट अनुसन्धानकर्ताले ठूलो मात्रामा उपलब्ध वैज्ञानिक तथ्याङ्कको विश्लेषण गर्न तथा जटिल समस्याको अध्ययनलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। गुगलका अनुसार अनुसन्धान टोलीलाई आवश्यक कम्प्युटिङ स्रोत र उन्नत उपकरण उपलब्ध गराउनु युरोपको वैज्ञानिक क्षमता सुदृढ गर्ने तथा विश्वव्यापी अनुसन्धानमा महादेशको प्रतिस्पर्धात्मक स्थिति मजबुत बनाउने प्रयासको हिस्सा हो। यसैबीच कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै यसको प्रयोगलाई नियमन गर्नुपर्ने माग पनि बढिरहेको छ। पछिल्लो समय सार्वजनिक भएका विभिन्न सुरक्षा घटनाले यस प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे थप चासो उत्पन्न गरेका छन्। यस्तो अवस्थामा वैज्ञानिक अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको पहुँच विस्तार गर्नुका साथै यसको सुरक्षित प्रयोग सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण मानिएको छ।–रासस The post वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, दुई सय अनुसन्धानकर्ता लाभान्वित हुने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

बैंकमा १२ खर्ब ६६ अर्ब तरलता हुँदा पनि लगानी र रोजगारी बढेन: महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ
२९ असोज, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरूमा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता, वार्षिक २३ खर्ब रेमिट्यान्स र पर्याप्त विद्युत् हुँदा पनि निजी क्षेत्रको लगानी र रोजगारी सिर्जना हुन नसकेको बताएका छन्। लगानी आकर्षित गर्न स्थिर नीति, सहज वित्तीय पहुँच र अनुसन्धानका नाममा व्यवसायीलाई त्रसित नबनाउने वातावरण मिलाउन उनले सरकारसँग […] The post बैंकमा १२ ...

ओमोडा एन्ड जेकु एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
२९ असोज, काठमाडौं। नेपालमा ओमोडा जेइकू गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिएको छ। २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै “ड्रिभन बाइ” पार्टनरका रूपमा आबद्ध हुँदै आएको ओमोडा जेइकू यस वर्ष प्रतियोगिताको “पावर्ड बाइ” प्रायोजकका रूपमा जोडिएको […] The post ओमोडा एन्ड ...

ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना
स्पेनको दूरसञ्चार कम्पनी ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावे र एरिक्सनसँग छलफल गरिरहेको छ। तर, भविष्यमा युरोप वा स्पेनमा चिनियाँ उपकरणमाथि प्रतिबन्ध लागेमा आफूलाई पर्न सक्ने आर्थिक नोक्सानीबाट बच्न कम्पनीले कडा सर्त राखेको छ। ओरेन्जले ह्वावेसँगको सम्झौतामा स्पष्ट क्षतिपूर्ति प्रावधान राख्न चाहेको छ, जसमा प्रतिबन्धका कारण हटाउनुपर्ने हार्डवेयर र सफ्टवेयरको खुद बही मूल्य ह्वावेले कुनै थप छलफल बिना नै चुक्ता गर्नुपर्नेछ। यो ...


