Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना

ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना

स्पेनको दूरसञ्चार कम्पनी ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावे र एरिक्सनसँग छलफल गरिरहेको छ। तर, भविष्यमा युरोप वा स्पेनमा चिनियाँ उपकरणमाथि प्रतिबन्ध लागेमा आफूलाई पर्न सक्ने आर्थिक नोक्सानीबाट बच्न कम्पनीले कडा सर्त राखेको छ। ओरेन्जले ह्वावेसँगको सम्झौतामा स्पष्ट क्षतिपूर्ति प्रावधान राख्न चाहेको छ, जसमा प्रतिबन्धका कारण हटाउनुपर्ने हार्डवेयर र सफ्टवेयरको खुद बही मूल्य ह्वावेले कुनै थप छलफल बिना नै चुक्ता गर्नुपर्नेछ। यो नयाँ सर्तले ह्वावेसँगको सम्झौता प्रक्रियालाई प्रभावित पार्न सक्छ। यसअघि ओरेन्जले ह्वावे, एरिक्सन, नोकिया र सामसङसहित चार कम्पनीबीच प्रतिस्पर्धा गराउने योजना बनाएको थियो। तर, त्यो योजना रोकेर कम्पनीले अहिले आफ्ना दुई पुरानै आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष वार्तालाई प्राथमिकता दिएको छ। हाल ओरेन्जको नेटवर्कमा एरिक्सनको हिस्सा ५७ प्रतिशत र ह्वावेको ४३ प्रतिशत रहेको छ। यूरोपेली संघले साइबर सुरक्षा ऐनमा संशोधन गर्दै उच्च जोखिमयुक्त तेस्रो देशका आपूर्तिकर्ताहरूलाई निषेध गर्ने तयारी गरिरहेको छ। आगामी वर्ष यससम्बन्धी मतदान हुने भएकाले चिनियाँ कम्पनीहरूलाई युरोपमा व्यापार गर्न आगामी दिनमा झनै कठिन हुन सक्छ। स्पेनले यसअघि यस्ता प्रतिबन्धहरूको विरोध गर्दै आए पनि ईयूको नीतिगत परिवर्तनले स्पेनलाई पनि यो नियम मान्न बाध्य पार्न सक्ने देखिएको छ। The post ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, दुई सय अनुसन्धानकर्ता लाभान्वित हुने
प्रविधिJust now

वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, दुई सय अनुसन्धानकर्ता लाभान्वित हुने

अमेरिकी प्रविधि कम्पनी गुगलले यूरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको छ। यस पहलले युरोपमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधिगत प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। डब्लिनमा आयोजित कृत्रिम बुद्धिमत्तासम्बन्धी शिखर सम्मेलनका क्रममा बुधबार जारी विज्ञप्तिमा गुगलले अनुसन्धान टोलीलाई आवश्यक कम्प्युटिङ क्षमता र अत्याधुनिक उपकरणहरू प्रत्यक्ष रूपमा उपलब्ध गराएर ...

टेक्नोलोजी खबर
बैंकमा १२ खर्ब ६६ अर्ब तरलता हुँदा पनि लगानी र रोजगारी बढेन: महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ
प्रविधिJust now

बैंकमा १२ खर्ब ६६ अर्ब तरलता हुँदा पनि लगानी र रोजगारी बढेन: महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ

२९ असोज, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकहरूमा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता, वार्षिक २३ खर्ब रेमिट्यान्स र पर्याप्त विद्युत् हुँदा पनि निजी क्षेत्रको लगानी र रोजगारी सिर्जना हुन नसकेको बताएका छन्। लगानी आकर्षित गर्न स्थिर नीति, सहज वित्तीय पहुँच र अनुसन्धानका नाममा व्यवसायीलाई त्रसित नबनाउने वातावरण मिलाउन उनले सरकारसँग […] The post बैंकमा १२ ...

आइसिटी फ्रेम
ओमोडा एन्ड जेकु एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
प्रविधिJust now

ओमोडा एन्ड जेकु एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध

२९ असोज, काठमाडौं। नेपालमा ओमोडा जेइकू गाडीहरूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिएको छ। २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै “ड्रिभन बाइ” पार्टनरका रूपमा आबद्ध हुँदै आएको ओमोडा जेइकू यस वर्ष प्रतियोगिताको “पावर्ड बाइ” प्रायोजकका रूपमा जोडिएको […] The post ओमोडा एन्ड ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play