Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/देउवाको साथ छोडेकामध्ये खतिवडा र शाही मात्रै पदाधिकारीमा निर्वाचित

देउवाको साथ छोडेकामध्ये खतिवडा र शाही मात्रै पदाधिकारीमा निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवाको साथ छोडेकामध्ये खतिवडा र शाही मात्रै पदाधिकारीमा निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर संस्थापन पक्षमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना मात्रै पदाधिकारीमा निर्वाचित भएका छन् । असोज २ गते मात्रै देउवा समूह छाडेका रामहरि खतिवडा खुलातर्फको सहमहामन्त्रीमा सर्वाधिक २,९१९ मतसहित निर्वाचित भएका छन् । त्यस्तै, देउवाको साथ छोडेका जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट ३,९०६ मतसहित विजयी भएका छन् । देउवा समूह छाडेका अन्य थुप्रै शीर्ष नेताहरूले भने निर्वाचन जित्न सकेनन्। पूर्णबहादुर खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र मीनबहादुर विश्वकर्मा मध्ये कोही महाधिवेशन प्रक्रियामै सहभागी भएनन् भने सहभागी भएकाहरूले पनि जित निकाल्न सकेनन् । अहिले गगन थापा पक्षमा रहेका प्राय नेताहरु विशेष महाधिवेशन पछिसम्म समेत देउवाकै साथमा थिए । अहिले चुनाव जितेका खतिवडा र शाही पार्टीको विभाजन रोक्ने, वैधानिकता जोगाउने र राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीतिका साथ देउवाको साथ छाडेको बताउँछन् । विशेष महाधिवेशनपछि कांग्रेस दुई धार गगन थापा नेतृत्वको संस्थापन पक्ष र देउवा नेतृत्वको इतर पक्षमा विभाजित भएको थियो । देउवा समूहले संस्थापन पक्षको महाधिवेशन बहिष्कार गरी डा. शशांक कोइरालालाई संयोजक तोकेर समानान्तर समिति र छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएको छ । खतिवडा र शाही दुवै नेताहरू पार्टीभित्र पूर्णबहादुर खड्कानिकट मानिन्थे । खड्का आफैं पनि देउवा समूहले समानान्तर महाधिवेशन प्रक्रिया र चुनदेवीमा छुट्टै बैठकहरू अघि बढाएपछि पार्टी फुटको पक्षमा उभिन नसक्ने भन्दै देउवा समूहबाट टाढिएका थिए । सोही समूहका खतिवडा र शाहीले पनि पार्टी विभाजनको साक्षी बस्नुभन्दा मूलधारमै फर्किनु उपयुक्त ठानेर देउवाको साथ छोडेको बताएका थिए । गगन थापा नेतृत्वको संस्थापन पक्षले बोलाएको १५औँ महाधिवेशनले नै आधिकारिकता पाउने निश्चित जस्तै भएपछि राजनीतिक रूपमा सुरक्षित हुन उनीहरू निर्वाचनको मुखैमा देउवा पक्ष त्यागेर मूलधारको महाधिवेशन प्रक्रियामा सामेल भएका हुन् । नेता खतिवडाले अहिले मेरो गुट, तेरो गुट भनेर आन्तरिक लफडामा अल्झिने बेला नभएको भन्दै सबै नेताहरू एकताबद्ध भएर महाधिवेशनमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए । देउवा समूहले लिएको समानान्तर र विद्रोही बाटोका कारण पार्टी कानुनी र व्यावहारिक रूपमा संकटमा पर्ने देखेपछि आफ्नो राजनीतिक भविष्य रक्षा र पार्टी एकताका लागि खतिवडा र शाही लगायतले महाधिवेशनको अन्तिम समयमा देउवाको साथ छोडेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
ताजा खबरJust now

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६... ...

रातोपाटी
‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’
ताजा खबरJust now

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र... ...

रातोपाटी
जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग
ताजा खबरJust now

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान... ...

रातोपाटी
सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
ताजा खबरJust now

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति

चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play