च्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल, एट्लेटिको मड्रिड, स्पोर्टिङ सिपी, आरबी लाइपजिग र भिल्लारियलले जित निकालेका छन् । त्यस्तै क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले पराजित गरेको छ भने बायर्न म्युनिख र भाइकिङले ३–३ गोलको बराबरी खेलेका छन् । बार्सिलोनाले गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि जोआओ कान्सेलो, फर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम अदेयेमीले गोल गरेका छन् । त्यस्तै, गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए । त्यस्तै, क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले हराएको छ । इन्टरका लागि लाउटारो मार्टिनेजले दुई तथा एन्जे-योआन बोनीले एक गोल गरेका छन् । क्लब ब्रुगेसका निकोलो ट्रेसोल्डीले तीन तथा रोमियो भर्मान्टले एक गोल गरेका छन् । त्यसैगरी, आर्सनलले लिललाई ३–० गोलले पराजित गरेको छ । आर्सनलका जुरीएन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका छन् । त्यस्तै, एट्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ । एट्लेटिकोका लागि पाब्लो बारियोस र एडेमोला लुकम्यानले गोल गरेका थिए । अर्को खेलमा बायर्न म्युनिख र भाइकिङबीचको खेल ३–३ गोलको बराबरीमा रोकिएका छन् । बायर्नका लागि ह्यारी केनले दुई तथा लुइस डियाजले एक गोल गरेका थिए । भाइकिङका लागि गियानी स्टेन्सनेस, क्रिस्टियनसेन र जोहान हाउगेनले गोल गरेका थिए । त्यस्तै, भिल्लारियलले नापोलीलाई ३–१ गोलले पराजित गरेको छ । भिल्लारियलका लागि जर्जेस मिकाउताद्जे, सान्टियागो मौरिनो र तानितोलुवा ओलुसेयीले गोल गरेका थिए भने नापोलीका अमिर रहमानीले एक गोल फर्काएका थिए । त्यसैगरी आरबी लाइपजिगले पीएसभी आइन्डहोभनलाई १–० गोलले पराजित गरेको छ । लाइपजिगका ब्रायन ग्रुडाले निर्णायक गोल गरेका थिए । त्यस्तै, स्पोर्टिङ सिपीले लेन्सलाई २–० गोलले हराएको छ । स्पोर्टिङका लागि लुइस स्वारेज र इस्सा डुम्बियाले गोल गरेका छन् । त्यस्तै, सबाहले स्लाभिया प्रागलाई २–० गोलले पराजित गरेको छ । सबाहका काहिम पेरिस र जोय-लान्स मिकेल्सले गोल गरेका थिए । दोस्रो चरणका बाँकी खेल आजराती हुने तालिका छ । The post च्याम्पियन्स लिग: बार्सिलोना र आर्सनल विजयी, इन्टर मिलान पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला... ...

बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ... ...

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन
चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ... ...

विद्रोह तर बेग्लै (कथा)
त्यो खबर थाहा पाएको क्षण ममाथि मानौँ सगरमाथा नै खसेको थियो । कसरी गर्न सक्छन्, उनले यस्तो काम । मैले पत्याउन पनि सकेकी थिइनँ तर खबर ल्याउने मान्छे असत्य थिएन । उनको कुरा प्रमाणिक थ... ...


