Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा विदेशी खेलाडीको कोटा बढ्यो, अब एक टोलीमा आठ जनासम्म राख्न पाइने

एनपीएलमा विदेशी खेलाडीको कोटा बढ्यो, अब एक टोलीमा आठ जनासम्म राख्न पाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा विदेशी खेलाडीको कोटा बढ्यो, अब एक टोलीमा आठ जनासम्म राख्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा प्रत्येक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसअघिका दुई संस्करणमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको जानकारी दिनुभएको हो। शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले एनपीएल २०२६ का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट स्वीकृति प्राप्त गर्ने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, भ्रष्टाचार नियन्त्रण, अम्पायरिङ, सञ्चारमाध्यमको पहुँच र प्रतियोगिता सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने बताउनुभयो। उहाँका अनुसार आईसीसीले एनपीएलका लागि पाँचवटा मुख्य विषयमा अनिवार्य सर्त राखेको छ। अस्वीकृत क्रिकेट प्रतियोगितामा सहभागिता, विदेशी खेलाडीका लागि अनिवार्य अनापत्ति प्रमाणपत्र (एनओसी) र भ्रष्टाचार नियन्त्रणका उपाय तीमध्ये प्रमुख छन्। खड्काले आईसीसीको मान्यता नपाएका तथा सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृति नलिएका प्रतियोगितालाई अस्वीकृत क्रिकेटका रूपमा बुझ्नुपर्ने बताउनुभयो। एनपीएल सुरु हुनुअघिको लगातार छ महिनाको अवधिमा त्यस्ता प्रतियोगितामा सहभागी भएका खेलाडीले एनपीएलमा खेल्न नपाउने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो। “घरेलु प्रतियोगिताले आईसीसीको मान्यता पाएको हुनुपर्छ र सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डले पनि स्वीकृति दिएको हुनुपर्छ। बोर्डबाट स्वीकृति नपाएको प्रतियोगितालाई अस्वीकृत क्रिकेट भनिन्छ। एनपीएल सुरु हुनुअघिको छ महिनाको अवधिमा त्यस्तो क्रिकेटमा सहभागी भएका खेलाडी एनपीएलमा खेल्न योग्य हुने छैनन्,” उहाँले भन्नुभयो। विदेशी खेलाडीका लागि अनिवार्य एनओसीको व्यवस्था पनि लागू हुने खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार क्रिकेटबाट अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट एनओसी लिनुपर्नेछ। “आईसीसीको स्वीकृति आइसकेपछि अवकाश लिएका विदेशी खेलाडीले पनि आफ्नो सम्बन्धित सदस्य बोर्डबाट अनिवार्य एनओसी लिनुपर्ने हुन्छ। फ्रेन्चाइज क्रिकेटमा धेरै खेलाडी सहभागी हुने भएकाले यस विषयमा स्पष्टता आवश्यक छ,” उहाँले भन्नुभयो। फ्रेन्चाइज क्रिकेटमा ठूलो रकम र विभिन्न पक्षको स्वार्थ जोडिने भएकाले भ्रष्टाचार नियन्त्रणका उपायलाई विशेष महत्त्व दिनुपर्ने खड्काको भनाइ छ। प्रतियोगिताको निष्पक्षता कायम राख्न पर्याप्त स्रोतसाधन, निगरानी र अनुसन्धानको व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो। यी व्यवस्थाले खेलाडी, टोलीका मालिक, फ्रेन्चाइज तथा प्रतियोगितासँग सम्बन्धित सबै सरोकारवालाको जिम्मेवारी बढाउने उहाँले उल्लेख गर्नुभयो। एनपीएलका लागि आईसीसीले पठाएका आवश्यकताहरू क्यानले स्वीकार गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। “हिजो राति करिब साढे ६ बजे इमेल आउनासाथ ४०–५० मिनेटभित्रै सबै आवश्यकताहरू स्वीकार गरेर इमेल पठाएका थियौँ। अब केही दिनमा समन्वय गरेर यसको औपचारिक अवस्थाबारे जानकारी गराउनेछौँ,” खड्काले भन्नुभयो। उहाँले एनपीएलले टी–२० को मान्यता पाउने विषयमा पनि सोमबार साँझसम्म स्पष्ट जानकारी दिने बताउनुभयो। आवश्यक प्रक्रिया पूरा भएपछि यसबारे आधिकारिक घोषणा गरिने उहाँको भनाइ छ। आगामी दुईदेखि तीन दिनभित्र प्रतियोगितासम्बन्धी थप घोषणा गरिने जानकारी दिँदै खड्काले नेपाली तथा विदेशी अम्पायरको भूमिका, खेल सञ्चालनका सर्त र निर्णय समीक्षा प्रणाली (डीआरएस) जस्ता विषयलाई प्रतियोगिताको संरचनामा समेट्नेबारे काम भइरहेको बताउनुभयो। नेपाली खेलाडीलाई प्राथमिकता विदेशी खेलाडीको संख्या बढाइए पनि नेपाली खेलाडीलाई प्राथमिकता दिइने खड्काले स्पष्ट पार्नुभयो। उहाँका अनुसार प्रत्येक टोलीले सात नेपाली खेलाडीलाई अनिवार्य रूपमा खेलाउनुपर्ने व्यवस्था गरिएको छ। विदेशी खेलाडीको छनोट भने सम्बन्धित टोलीले गर्नेछ। भविष्यमा एसोसिएट राष्ट्रका खेलाडीलाई थप अवसर दिने विषयमा पनि सोच्न सकिने उहाँले बताउनुभयो। यद्यपि, तत्कालका लागि प्रत्येक टोलीमा एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य गर्ने व्यवस्था गर्न नसकिने उहाँको भनाइ छ। सञ्चारमाध्यमको पहुँचबारे बोल्दै खड्काले खेलस्थल प्रवेश, खेलपछिको पत्रकार सम्मेलन, फोटो पत्रकारको कार्यक्षेत्र तथा खेलका दृश्य सङ्कलनसम्बन्धी नियम स्पष्ट बनाइने जानकारी दिनुभयो। नेपालमा आईसीसी एसिया सम्मेलन हुँदै खड्काले एनपीएलसँगै नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने जानकारी पनि दिनुभयो। उहाँका अनुसार नोभेम्बर १९ देखि २१ सम्म तीन दिन चल्ने सम्मेलनमा एसियाका टेस्ट खेल्ने तथा एसोसिएट राष्ट्रका क्रिकेट पदाधिकारी सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास, उदीयमान क्रिकेट राष्ट्रलाई सहयोग तथा विभिन्न देशबीच सहकार्य विस्तारका विषयमा छलफल हुनेछ। यसले अन्तर्राष्ट्रिय क्रिकेट समुदायसमक्ष एनपीएल र नेपालको आतिथ्य प्रदर्शन गर्ने अवसर प्रदान गर्ने खड्काले बताउनुभयो। सम्मेलनका अधिकांश प्रतिनिधि नोभेम्बर १७ सम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। एनपीएलमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित व्यक्तित्वलाई सहभागी गराउने तयारी पनि भइरहेको खड्काले बताउनुभयो। पोखरा एभेन्जर्सले भारतीय पूर्वक्रिकेटर इरफान पठानलाई ब्रान्ड एम्बेसडर घोषणा गरिसकेको छ भने हिमालय स्पोट्र्सले पाकिस्तानी पूर्वक्रिकेटर शोएब अख्तरलाई ल्याउने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
ताजा खबरJust now

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

नेपालखबर
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ
ताजा खबरJust now

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ

• बडादशैंको सातौँ दिन फूलपातीका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा समारोह आयोजना गरेको छ। • समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। • नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गर्दै विभिन्न सैनिक कला कौशल र पुष्पवृष्टि प्रदर्शन गरेको छ। ...

नेपालबहस
जब सम्मान पनि अपमानजस्तै भयो
ताजा खबरJust now

जब सम्मान पनि अपमानजस्तै भयो

देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गर्वको विषय हो । तर, त्यही पदक जित्दा पाउने पुरस्कार रकम भने पहिलेको भन्दा आधा मात्रै भयो भने ? अहिले एसियाली खेलकुदका पदक विजेता खेलाडीले विभेद भएको गुनासो गरिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play