Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पाँच देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

पाँच देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

10/14/2026, 6:58:40 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँच देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका आवासीय राजदूत चाल्र्स ह्वीट्लीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसै गरी, इन्डोनेसिया, घाना, सुडान र ब्रुनाइका गैरआवासीय राजदूतहरू क्रमशः लिस्त्योवाती, कोजो बोन्सु, मोहम्मद अब्दल्ला अली इल्टोम र सिती आर्निफरिजा विन्ती हाजी मोहद जैनीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि उनीहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ
OthersJust now

बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ

तीन तहका सरकारले बिर्सिँदै जान थालेपछि अस्थायी सेल्टरमा बसोबास गरिरहेका बाढीपीडितको चिन्ता बढेको छ । उनीहरूलाई अनिश्चित भविष्यले पिरोलेको छ । ...

अनलाइन खबर
जापानका लागि प्रस्तावित राजदूत थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’
OthersJust now

जापानका लागि प्रस्तावित राजदूत थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’

२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’ गरिएको छ । समिति सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप विवरण माग गरिएकोले केही समयलाई होल्ड गरिने जानकारी दिए । उनीमाथि जापानको पीआर रहेको र स्वार्थ बाझिनसक्ने भन्दै संसदीय सुुनुवाइ समितिमा प्रश्न उठेको थियो । सोबारेमा समितिले सरकारमार्फत जापानसँग विवरणसमेत माग… ...

अनलाइन खबर
यमनमा द्वन्द्वका कारण ८ लाख मानिस खाद्य सहायताबाट वञ्चित : डब्लूएफपी
OthersJust now

यमनमा द्वन्द्वका कारण ८ लाख मानिस खाद्य सहायताबाट वञ्चित : डब्लूएफपी

पछिल्लो अनुगमनले राहतकर्मीको पहुँच भएका क्षेत्रका ७४ प्रतिशत परिवारले समेत दैनिक खाद्य आवश्यकता पूरा गर्न नसकेको देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play