क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ : पारस खड्का

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । त्रिभूवन विद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपिएलले आइसिसीको मान्यता पाएको बताएका हुन् । आइसिसीको नो अब्जक्सन एक वर्षको रहेको र यसले जिम्मेवारी पनि बढेको उनको भनाइ छ । आइसिसीको स्वीकृति पाएसँगै फ्रन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूलो खेलाडी ल्याउन सक्ने क्यानका सचिव खड्काको विश्वास छ । एनपिएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहेका पारस खड्काले आइसिसीको स्वीकृतिका लागि भरिएको फर्ममा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको बताए । यो भन्दा अघि ६ जना मात्र विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । एसोसिएसट क्रिकेटलाई प्रवर्धन गर्न एक जना खेलाडी राख्न पाउने प्रावधान पनि रहेको उनी बताउँछन् । खड्काले हरेक टोलीले ७ नेपाली खेलाडी र चार विदेशी खेलाडी मैदानमा राख्न पाउने बताए । भविष्यमा आइसिसीको स्वीकृत चाडै पाउन सके फ्रेन्चाइज टोलीले सहज रूपमा खेलाडी राख्न पाउने उनको आशा छ । लिग सकिएको ६० दिनभित्र सबै रिपोर्ट पठाउनुपर्ने र अर्को सिजनका लागि अप्लाई गर्नुपर्ने प्रावधान रहेको उनी बताउँछन् । फ्रेन्चाइज टोलीले एउटा राम्रो खेलाडी भित्राउन कम्ती २ हजार डलरसम्म खर्च गर्नुपर्ने अवस्थामा रहेको र फ्रेन्चाइज टोली अहिले त्यो आर्थिक अवस्थामा नरहेको क्यानका सचिव पारस खड्काले स्पष्ट पारे । तथापि सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई स्टार ल्याउने प्रयासमा रहेको खड्काले बताएका छन् । आइसिसीको प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेको उनले सार्वजनिक गरे । क्यान सचिव पारसले डिसिजन रिभ्यु सिस्टम (डिआरएस) राख्ने बारे अझै टुङ्गो लागिनसकेको तथापि नजिक रहेको स्पष्ट पारेका छन् । यसपल्ट पूर्वधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनले बताएका छन् । यु–१९ महिला विश्वकपका लागि नेपालको तयारी हेर्न आइसिसीको टोली एक महिनाअगाडि मैदानको अवस्था निरीक्षणमा आएको थियो । उक्त टोलीले दिएको गाइडलाइन अनुरूप पनि पूर्वाधारमा स्तरोन्नती गरिएको क्यानका सचिव पारसले बताएका छन् । उनले मैदानमा दर्शकको क्षमतामा पनि केही मात्रामा बढ्नसक्ने आशा गरे । सबै गरेर १२ हजार क्षमता हुनसक्ने उनको भनाइ छ
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको चेतावनी ...

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान… ...

हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी
३१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । दैलेखका १८ वर्षीय हिकमत कर्णाली याक्सको सुर्खेतमा आयोजित ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । यो पटक सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट हिकमतसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणको… ...

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो ...


