Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउन सरकार अग्रसर

विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउन सरकार अग्रसर

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउन सरकार अग्रसर

काठमाडौं । विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ सरकारले सामुदायिक विद्यालयको पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो । शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आवमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल रु छ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाएका छन् । मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो । निकासा भएको रकममार्फत अहिले विद्यालयमा अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ । प्रतिविद्यालय करिब छ करोड रुपैयाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको व्यवस्था हुनेछ । उक्त लगानीबाट विद्यार्थीको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताएका छन् । “विद्यालयबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ”, उनले भने, “आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।” साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद दिदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त
ताजा खबरJust now

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त

फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । ...

कान्तिपुर
झिझिया नृत्यबारे बहस
ताजा खबरJust now

झिझिया नृत्यबारे बहस

जीवछ यादवलहान, असोज २८ गते । मधेसको मिथिला भाषाभाषीको बाहुल्यता रहेको क्षेत्रमा दसैंको समयमा प्रस्तुत गरिने झिझिया नृत्यलाई लोकनृत्यको रुपमा लिइने गरिन्छ । यो लोकनृत्य संस्कृतिको स... ...

गोरखापत्र
पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला
ताजा खबरJust now

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

पोखरा।फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play