बाढी प्रभावितहरूको पुन:स्थापनाका लागि एक लाख २० हजार अमेरिकी डलर सहयोग

काठमाडौं, । मेटलाइफ फाउण्डेशनले रसुवा, नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूको राहत तथा पुनस्र्थापना प्रयासलाई सहयोग गर्न केयर नेपाललाई १ लाख अमेरिकी डलर अनुदान प्रदान गरेको छ । विनाशकारी बाढीले धेरै मानिसहरूको जनजीवन प्रभावित बनायो, घर तथा भौतिक पूर्वाधारमा क्षति पुर्यायो, र थुप्रै परिवारलाई आफ्नो जीविकोपार्जन पुन:स्थापना गर्ने चुनौतीपूर्ण अवस्थामा पुर्यायो । प्रभावित परिवारहरूसम्म तत्काल राहत पुर्याउन केयर नेपाल तथा यसका साझेदार संस्थाहरूले स्थलमै खटिएर तयारी खाद्य सामग्री, कम्बल, अस्थायी आवास सामग्री तथा सरसफाइ किटलगायत अत्यावश्यक सहायता वितरण गरिरहेका छन् । सडक सञ्जालमा पुगेको क्षति र दुर्गम क्षेत्रसम्म पहुँचको कठिनाइका बाबजुद पनि राहत टोलीहरूले आवश्यक सहयोग आवश्यकतामा रहेका समुदायसम्म पुर्याउन निरन्तर प्रयास जारी राखेका छन् । केयर नेपालको राहत प्रयास विशेष गरी बाढीका कारण आफ्नो घर, सम्पत्ति तथा जीविकोपार्जनका स्रोत गुमाएका परिवारहरूमा केन्द्रित रहेको छ । मेटलाइफ फाउण्डेशनबाट प्राप्त सहयोगले यी निरन्तर राहत तथा पुनस्र्थापना प्रयासहरूलाई थप सुदृढ बनाउनेछ र पुन:स्थापनाको यात्रामा रहेका जोखिममा परेका परिवारहरूलाई आवश्यक सहायता तथा सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्नेछ । “यस विपद्बाट प्रभावित सबैप्रति हाम्रो गहिरो संवेदना छ,” मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्नुभयो ।“मेटलाइफ फाउण्डेशनको सहयोगमार्फत प्रभावित परिवारहरूको तत्काल आवश्यकताहरू सम्बोधन गर्न अर्थपूर्ण सहायता प्रदान भइरहेको छ । साथै, उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने क्रममा स्थायित्व, सुरक्षा र आत्मविश्वास पुन:प्राप्त गर्न पनि यसले सहयोग पुर्याइरहेको छ ।”“भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीजस्ता विपद्ले समुदायहरूलाई प्रभावित गर्दा केयर नेपाल उनीहरूको साथमा उभिन्छ, ताकि धेरै कुरा गुमाएपछि पनि उनीहरूले आफूलाई सुरक्षित, सम्मानित र आशावादी महसुस गर्न सकून्,” केयर नेपालका कन्ट्री डाइरेक्टर मोना शेर्पाले भन्नुभयो । “मेटलाइफ फाउण्डेशनजस्ता सहयोगीहरूको विश्वास र साथले हामीलाई स्थानीय सरकार तथा साझेदार संस्थाहरूसँग समन्वय गर्दै प्रभावकारी र समयमै सहायता पुर्याउन सक्षम बनाएको छ । समुदायहरूले आफ्नो जीवन पुनर्निर्माण गर्ने यात्रामा हामीमाथि विश्वास राख्नुभएकोमा मेटलाइफलाई हार्दिक धन्यवाद ।”मेटलाइफ फाउण्डेशनको सहयोगका अतिरिक्त, मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३ लाख (लगभग २० हजार अमेरिकी डलर) योगदान गरेको छ । यस सहयोगले विपद्बाट प्रभावित समुदायहरूसँग ऐक्यबद्धता जनाउने तथा राष्ट्रियस्तरमा सञ्चालन भइरहेका राहत र पुनस्र्थापना प्रयासहरूलाई सहयोग गर्ने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । तत्काल राहत कार्य अझै पनि अत्यन्त महत्वपूर्ण रहे तापनि, दीर्घकालीन पुनस्र्थापनाका लागि सरकारी निकाय, मानवीय सहायता प्रदान गर्ने संस्थाहरू, स्थानीय समुदाय तथा निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक छ । प्रभावित समुदायहरू पुनस्र्थापनाको यात्रामा अघि बढिरहेका बेला, मेटलाइफ फाउण्डेशन र मेटलाइफ नेपालको संयुक्त प्रयासले सबैभन्दा आवश्यक स्थानमा अर्थपूर्ण सहयोग पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । The post बाढी प्रभावितहरूको पुन:स्थापनाका लागि एक लाख २० हजार अमेरिकी डलर सहयोग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका
वासिङ्टन । अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ। सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य ...

बन्दुक र बर्दीभित्र पनि छ संगीतप्रेम
काठमाडौँ। बाहिरबाट हेर्दा सुरक्षाकर्मीको जीवन निकै कठोर, अनुशासित र खरो देखिन्छ । बन्दुक, बुट र बर्दीको घेराभित्र सधैँ ड्युटीमा खटिने उनीहरूको मन कमलो होला त ? दिनरात नभनी अहोरात्र राष्ट्र... ...

दसैँमा पूर्व जाने यात्रुले सहजै पाइरहेका छन् टिकट, कोटेश्वरमा छैन घुइँचो (भिडियो रिपोर्ट)
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ भित्रिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा जानेहरूको घुइँचो बसपार्क र टिकट काउन्टरहरूमा देखिन्छ । तर विगत वर्षहरूको तुलनामा यस वर्ष उति साह्रो घुइँचो देखिएको छैन... ...
.jpeg)
सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न
काठमाडौँ, २०८३ असोज २९ गते । नेपालमा पहिलोपटक दृष्टिविहीन महिला तथा पुरुषको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता सम्पन्न भएको छ। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस,को अवस... ...


