प्लेन टिकट नपाएपछि साढे १३ लाखमा हेलिकप्टर चार्टर गर्दै महेन्द्रनगर पुग्ने व्यक्ति को हुन् ?

काठमाडौं । कञ्चनपुरका भक्तराज भट्ट हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट घर पुगेका छन् । एक दशकदेखि इङ्ल्यान्डमा बस्दै आएका भीमदत्त नगरपालिका–६, एटपुरका भट्ट मंगलबार हेलिकप्टर चार्टर गरेर काठमाडौंबाट महेन्द्रनगर पुगेका हुन् । दशैँका बेला हवाई यात्रुको चाप बढेसँगै नियमित उडानको टिकट नपाएपछि उनले हेलिकप्टर चार्टर गरेर घर जाने विकल्प रोजेका हुन् । भट्टकी आमा बिरामी रहेकाले पनि उनी घर पुग्न हतारिएका थिए । भट्टकी भाञ्जी सहाना भट्टका अनुसार काठमाडौंबाट धनगढी जाने हवाई टिकट नपाएपछि उनले हेलिकप्टर चार्टर गरेरै घर जाने निर्णय गरेका हुन् । आमाको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी जसरी पनि घर पुग्न चाहन्थे ।‘मामाको आमा (हजुरआमा) बिरामी हुनुहुन्छ । काठमाडौंबाट आउन प्लेन टिकट पाइएनछ । अनि उहाँ हेलिकप्टर चार्टर गरेरै आउनुभयो,’ सहानाले भनिन् । उनका अनुसार भट्ट सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर महेन्द्रनगर पुगेका हुन् । हेलिकप्टरमा भट्टसहित चार जना महेन्द्रनगर आएका थिए । काठमाडौं–महेन्द्रनगर हेलिकप्टर चार्टर गर्न साढे १३ लाख रुपैयाँ खर्च भएको सहानाले जानकारी दिइन् । हेलिकप्टर लिएर गाउँ पुगेका उनलाई बाजागाजासहित स्वागत गरिएको थियो । उनी घर पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल छ । The post प्लेन टिकट नपाएपछि साढे १३ लाखमा हेलिकप्टर चार्टर गर्दै महेन्द्रनगर पुग्ने व्यक्ति को हुन् ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

म्यानचेस्टर युनाइटेडले पर्याप्त खेलाडी अनुबन्ध नगरेकोमा कप्तान मार्टिनेजको आक्रोश
काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्द्रो मार्टिनेजले च्याम्पियन्स लिगमा छनोट भएपछि पनि टोलीलाई बलियो बनाउन पर्याप्त खेलाडी अनुबन्ध नगरेको भन्दै क्लब व्यवस्थापनको आलोचना गरेका छन् । मंगलबार एट्लेटिको म्याड्रिडसँग... ...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि... ...

मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। ईपीएस शाखाले सूचना जारी गरेर आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्... ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको ...


