कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, वासना थापालाई सर्वाधिक मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएकी छिन् । निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्। प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, गिता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो। निर्वाचित १५ महिला केन्द्रीय सदस्य र उनीहरूले पाएको मत: १. वासना थापा – ५,१२३ २. उर्मिला थपलिया – ३,८७० ३. निमा गिरी – ३,८०६ ४. कुसुमदेवी थापा – ३,२५० ५. धना कुमारी खतिवडा – ३,२३१ ६. विनिता खड्का – २,८६६ ७. अनिता देवकोटा – २,८५३ ८. लक्ष्मी पाण्डे – २,७०० ९. सृजना अधिकारी – २,६५८ १०. मुना भुसाल – २,५१४ ११. चिनी पोखरेल (चिनु) – २,४२० १२. कल्पना तिवारी – २,३६३ १३. रिता थापा मगर – २,३०८ १४. गंगा दाहाल – २,२८८ १५. उमा दाहाल – २,२९५
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

डब्लु–१५ इस्लामाबादमा अभिलाषा विष्ट विजयी
२७ असोज, काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा जित निकालेकी छन्। मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। जितसँगै उनी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी… ...

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु
२७ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो । तीन दिनसम्म सञ्चालन… ...

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारकाबीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं
२७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नेपालमा क्रिकेटले मानिसहरूलाई जोड्ने महत्वपूर्ण माध्यमको रूप लिइरहेको र एनपीएलले नेपाली क्रिकेटमा नयाँ अध्याय थपिरहेको उल्लेख… ...


