अफगानिस्तानमा दुई गाडी ठोक्किँदा ४ जनाको मृत्यु, ३ घाइते

काबुल। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा तीव्र गतिमा रहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। सिन्ह्वाका अनुसार शुक्रबार साँझ कुन्दुज प्रान्तको दश्त अबदान क्षेत्रमा टोयोटा फोररनर र विपरीत दिशाबाट आइरहेको टोयोटा कोरोला कार एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा दुवै सवारीसाधनमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार तथा दुर्घटनाबारे थप विवरण भने समाचारमा उल्लेख गरिएको छैन।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर... ...

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास
राष्ट्रिय टोलीबाट ४४ क्याप जित्दै ९ गोल गरेका विमलले चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षकै उमेरमा बुट थन्क्याउने निर्णय लिएका हुन् । ...

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई... ...

कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। असोज ३१ गते सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै थापाले आजै पदबहाली पनि गरेका छन्। बडादसैँको फूलपातीको अवसर पारेर उनले आफ्नो कार्यभार सम्हालेका हुन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मत गणना भई अन्तिम परिणाम ...


