Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले औपचारिक मान्यता दिएको छ। नेपाल क्रिकेट संघ क्यान ले शुक्रबार प्रतियोगिताले आईसीसीको मान्यता पाएको जानकारी दिएको हो। आईसीसीको मान्यता पाएसँगै एनपीएलमा टेस्ट राष्ट्रका अन्तर्राष्ट्रिय खेलाडीले समेत सहभागिता जनाउन पाउनेछन्। यसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर बढाउनुका साथै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रियस्तरमा एनपीएलको पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, विदेशी खेलाडीको सहभागिता र प्रतियोगिताको व्यावसायिक विस्तारका लागि पनि आईसीसीको मान्यतालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’
ताजा खबरJust now

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ।  सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवा... ...

नेपालखबर
जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा
ताजा खबरJust now

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा

काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार... ...

रातोपाटी
१० बजे १० समाचार :  राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्‍यै
ताजा खबरJust now

१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्‍यै

काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का... ...

रातोपाटी
एनपीएलमा ‘डीआरएस आउँदै’
ताजा खबरJust now

एनपीएलमा ‘डीआरएस आउँदै’

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play