प्रहरी दिवसमा भोजपुरमा रक्तदान कार्यक्रम

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडका सहित १० जनाले रक्तदान गर्नुभएको छ । बिभिन्न कार्यक्रम गरी दिवस मनाउने क्रममा रक्तदान पनि गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्ला अस्पतालमा संचालित रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयले प्रहरी दिवसको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आई रहेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
डडेल्धुरा / नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ ...

पार्टी कार्यालयहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरू फिर्ता
काठमाडौं । विभिन्न समयमा सुरक्षा चुनौती देखिएको भन्दै काठमाडौँको कोटेश्वरस्थित नेपाली कम्युनिसट पार्टी र नेकपा (एमाले)को पार्टी कार्यालयमा सशस्त्र प्रहरी खटिएका थिए । २०८१ चैत १५ मा पूर्वराजा समर्थकहरूले आन्दोलन घोषणा... ...

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ । भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भारतस्थित नेपाली... ...

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता
काठमाण्डु – भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ । बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका मन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहबिच भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा २ देशबिचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल भएको […] ...


