Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

10/13/2026, 10:50:17 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज सिंहदरबारमा बसिरहेको छ । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्न समितिको उन्नाइसौँ (१९औँ) बैठक बसेको हो । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मंगलबार बिहान ९ः३० बजेदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूलाई आमन्त्रण गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । आजको बैठकमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी (काठमाडौं), इजरायलका लागि सुरेश कुमार कर्ण (कैलाली), ओमानका लागि पदमाक्षी राणा (काठमाडौं), दक्षिण कोरिया (गणतन्त्र कोरिया) का लागि प्रा. डा. संगम श्रेष्ठ (तनहुँ) र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ भइरहेको छ । सुनुवाइका क्रममा समितिले प्रस्तावित व्यक्तिहरूको योग्यता, अनुभव, कूटनीतिक कार्ययोजना तथा अवधारणाबारे छलफल गर्नेछ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन
OthersJust now

दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन

रास्वपा, कांग्रेस, एमालेले यसै वर्ष महाधिवेशन गरे । शक्तिशाली नेतृत्व चुन्दैगर्दा ती दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो बन्यो कि कमजोर ? अनलाइनखबरको एक विश्लेषण : ...

अनलाइन खबर
संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव
OthersJust now

संघीयता बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनुपर्छ : मुख्यमन्त्री यादव

२७ असोज, विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउन प्रदेशलाई सक्षम बनाउनु पर्ने बताएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले प्रदेशबीचकाे सहकार्यलाई दिगो बनाउन प्रदेश आफैँमा सक्षम हुनुपर्ने बताएका छन् । तर प्रदेशहरूलाई अधिकार र वित्तीय स्रोत… ...

अनलाइन खबर
बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ
OthersJust now

बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ

२७ असोज, विराटनगर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन् । विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री थापामगरले राज्य सञ्चालनमा नागरिकको पहुँच बढाउनु, स्थानीय आवश्यकता अनुसार नीति निर्माण गर्दै शासन प्रणालीलाई उत्तरदायी बनाउनु नै वास्तविक संघीयता भएको बताएका हुन् । 'संविधानले परिकल्पना… ...

अनलाइन खबर
खगेन्द्र सुनारले भने– ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु
OthersJust now

खगेन्द्र सुनारले भने– ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु

२७ असोज, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play