ओमानमाथि नेपालको ११३ रनको फराकिलाे जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको योगफल खडा गरेको थियो। लक्ष्य पछ्याएको ओमानको टोली नेपाली बलरहरूको कसिलो बलिङसामु ४० ओभरमा मात्र १५० रनमा समेटियो। ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन र जय ओडेड्राले २५ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। नेपालको जितमा बलिङतर्फ नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा १२ रन दिएर ३ विकेट र सन्दीप लामिछानेले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २ विकेट हात पारेका थिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६... ...

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’
कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र... ...

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान... ...

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक... ...


