Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण

उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ। यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने सङ्केत गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि परीक्षण गरिएको हो। प्योङयाङले पछिल्लो पाँच वर्षमा यस प्रणालीको विकासका क्रममा १८० भन्दा बढी परीक्षण गरेको जनाएको छ। विश्लेषकहरूका अनुसार युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न सेना पठाएबापत मस्कोबाट प्राप्त हुन सक्ने सहयोगले उत्तर कोरियाको हतियार प्रविधि विकासलाई गति दिन सक्छ। प्योङयाङले केही दिनअघि मात्र पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको थियो। क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलका अनुसार एआईले टारपीडोलाई वास्तविक लक्ष्य र छल गर्न प्रयोग गरिने नक्कली लक्ष्यबीच भिन्नता छुट्याउन सहयोग गर्न सक्छ। उत्तर कोरियाले अमेरिकी रणनीतिक सैन्य साधनलाई प्रभावहीन बनाउने उद्देश्यले टारपीडो र पनडुब्बीबाट प्रक्षेपण गरिने हतियारको विकासमा लगानी बढाइरहेको उनले बताए। यसै महिनाको सुरुमा उत्तर कोरियाले एआईको सहयोगमा मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो । त्यसको केही दिनपछि दक्षिण कोरियाले पनि हाइपरसोनिक ग्लाइड वाहनको परीक्षण गरेको थियो । ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिमा उड्न र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रलाई पत्ता लगाउन तथा रोक्न कठिन मानिन्छ। उत्तर कोरियाले दक्षिण कोरियाको परीक्षण हाइपरसोनिक उडान हासिल गर्न असफल भएको हुन सक्ने दाबी गरे पनि सियोलले त्यसलाई अस्वीकार गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा देशको हतियार प्रणालीमा एआईको प्रयोग बढाउनुपर्नेमा जोड दिएका थिए। नोभेम्बरमा चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच सम्भावित भेटवार्ताको चर्चा पनि बढेको छ। सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका पूर्वअध्यक्ष याङ मू–जिनका अनुसार सम्भावित शिखर वार्ताअघि उत्तर कोरियाले दक्षिण कोरियाको तुलनामा आफ्नो हतियार कार्यक्रम उन्नत रहेको देखाउन खोजेको हुन सक्छ । तर उत्तर कोरियालाई टारपीडो प्रणाली थप विकसित गर्न अझै समय लाग्न सक्ने याङले बताए। पानीमुनि उच्च गतिमा चल्दा टारपीडोले ठूलो आवाज उत्पन्न गर्ने भएकाले त्यसलाई पत्ता लगाउन सजिलो हुन्छ। यस्तो आवाज कम गर्नु प्रमुख प्राविधिक चुनौती रहेको र त्यसका लागि उन्नत प्रविधि आवश्यक पर्ने उहाँको भनाइ छ । रासस/एएफपी The post उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सम्पदा मात्र होइन, अब नेपाली चाडपर्व र जात्रामा रमाउन आउँछन् पर्यटक: होटल संघ नेपालका अध्यक्ष विनायक शाह
प्रविधिJust now

सम्पदा मात्र होइन, अब नेपाली चाडपर्व र जात्रामा रमाउन आउँछन् पर्यटक: होटल संघ नेपालका अध्यक्ष विनायक शाह

३१ असोज, काठमाडौं। पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकहरू ऐतिहासिक सम्पदा हेर्नमा मात्र सीमित नभई नेपाली चाडपर्व, जात्रा र स्थानीय जीवनशैलीको प्रत्यक्ष अनुभव लिन आकर्षित हुन थालेका छन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार कोभिडपछि ‘एक्सपेरिमेन्टल टुरिजम’ (Experiential Tourism) को माग ह्वात्तै बढेको छ। दशैँमा टीका र पिंङ, तिहारमा देउसी-भैलो तथा रैथाने परिकार (जस्तै: […] The post सम्पदा मात्र होइन, ...

आइसिटी फ्रेम
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
प्रविधिJust now

दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात

३१ असोज, काठमाडौं। नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुर्‍याएको छ । यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले पुनः घिउ, याक चिज र […] The post दशैँ–तिहार लक्षित गर्दै ...

आइसिटी फ्रेम
खगोलविद्हरूले पत्ता लगाए पहिलो हरित तारा: के कारणलले तारा हरियो हुन्छ?
प्रविधिJust now

खगोलविद्हरूले पत्ता लगाए पहिलो हरित तारा: के कारणलले तारा हरियो हुन्छ?

खगोलविद्हरूले पहिलो पटक वास्तविक हरियो ताराको पहिचान गरेका छन्। मृत ताराको अवशेषका रूपमा रहेको यो ताराले आफ्नो नजिकका ग्रहबाट चट्टानी पदार्थ तानेर खाइरहेको छ। वैज्ञानिकहरूका अनुसार यस प्रक्रियाले ताराको वायुमण्डलमा विभिन्न तत्त्व थपिँदा यसले हरियो रङको चमक दिन सक्छ। सूर्यजस्ता ताराको जीवन समाप्त भएपछि बन्ने अवशेषलाई ‘ह्वाइट ड्वार्फ’ भनिन्छ। नयाँ अध्ययनले यस्ता ताराहरू सेतो वा हल्का नीलो रङमा मात्र सीमित नहुने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play