Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/राष्ट्रबैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्रमा ७० भन्दा बढी वित्तीय सेवासम्बद्ध संस्था सहभागी

राष्ट्रबैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्रमा ७० भन्दा बढी वित्तीय सेवासम्बद्ध संस्था सहभागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रबैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्रमा ७० भन्दा बढी वित्तीय सेवासम्बद्ध संस्था सहभागी

नेपाल राष्ट्र बैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र (डिफाइ हब) मा अहिलेसम्म डिजिटल वित्तीय सेवासम्बन्धी ७० वटा प्रस्ताव तथा नवप्रवर्तनमा संलग्न संस्थाहरूको सहभागिता दर्ता भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै एउटा प्रतिवेदन सार्वजनिक गर्दै तीमध्ये १४ वटा प्रस्तावलाई नियामकीय स्पष्टता प्रदान गरिएको र ११ वटा नवप्रवर्तनलाई मार्गदर्शन दिइएको प्रस्ट पारेको छ। डिफाइ हबमा ३० वटा फिनटेक कम्पनी, तीन जना व्यक्तिगत नवप्रवर्तक, चारवटा बैंक तथा वित्तीय संस्था, आठवटा भुक्तानी सेवा सञ्चालक, तीनवटा भुक्तानी सेवा प्रदायक, र एउटा रेमिटेन्स कम्पनीको सहभागिता रहेको छ। यसमा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकबीचको एउटा साझेदारीसमेत समेटिएको छ। प्रतिवेदनअनुसार यी नवप्रवर्तनहरू विभिन्न चरणमा सञ्चालन भइरहेका छन्। हाल आठवटा अवधारणाको चरणमा, सातवटा योजना निर्माणको चरणमा र चारवटा प्रोटोटाइप तयार गर्ने चरणमा छन्। यसैगरी सातवटा परीक्षणका लागि तयार छन् भने २० वटा बजारमा जान तयार भइसकेका छन्। त्यस्तै, सातवटा विकासको क्रममा, तीनवटा निकट भविष्यमा योजना बनाउने चरणमा र एउटा बन्द प्रयोगकर्ता समूहमा परीक्षण भइरहेको छ। क्षेत्रगत रूपमा हेर्दा डिफाइ हबमा भुक्तानीसम्बन्धी १२, डिजिटल ऋणसम्बन्धी ११, क्रेडिट स्कोरिङसम्बन्धी सात, इम्बेडेड फाइनान्ससम्बन्धी पाँच, ओपन बैंकिङ तथा फाइनान्ससम्बन्धी चार र रेगटेकसम्बन्धी तीनवटा नवप्रवर्तन रहेका छन्। यसबाहेक डिजिटल अनबोर्डिङ, डिजिटल पहिचान र अन्य प्रविधिमा आधारित नवप्रवर्तनहरू पनि यसमा समावेश छन्। नयाँ तथा विकासोन्मुख वित्तीय प्रविधि र डिजिटल वित्तीय सेवाका अवधारणाहरूलाई सहज रूपमा अघि बढाउन राष्ट्र बैंकले यो संयन्त्र सञ्चालन गर्दै आएको बताएको छ। यसले नवप्रवर्तकहरूलाई विद्यमान कानुन र नियमनबारे जानकारी गराउनुका साथै गैरबाध्यकारी नियामकीय मार्गदर्शन र नीतिगत सुधारका लागि सुझावसमेत उपलब्ध गराउँदै आएको छ। The post राष्ट्रबैंकको डिजिटल वित्तीय नवप्रवर्तन केन्द्रमा ७० भन्दा बढी वित्तीय सेवासम्बद्ध संस्था सहभागी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
प्रविधिJust now

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

२८ असोज, काठमाडौं। दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ। यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा […] The post यामाहा ब्लु स्ट्रिक्सद्वारा ...

आइसिटी फ्रेम
एप्पलले रिटेल स्टोरहरूमा विशाल ‘आईफोन डुओ’ को डेमो अनुभव गराउने योजना बनाइरहेको रिपोर्ट
प्रविधिJust now

एप्पलले रिटेल स्टोरहरूमा विशाल ‘आईफोन डुओ’ को डेमो अनुभव गराउने योजना बनाइरहेको रिपोर्ट

एप्पलको आईफोन डुओ सार्वजनिक हुन अब करिब दुई हप्ता मात्र बाँकी छ। ब्लुमबर्गका मार्क गुरम्यानका अनुसार, एप्पलले आफ्नो पहिलो ‘फोल्डेबल’ आईफोनका लागि बिक्री-वितरणसम्बन्धी ठूला योजनाहरू बनाएको छ, जसको उद्देश्य प्रत्येक ग्राहकले यसलाई राम्रोसँग हेर्न र अनुभव गर्न सकून्। एप्पल आईफोन डुओ (iPhone Duo) को भव्य सुरुवातको तयारीमा जुटिरहेको छ। कम्पनीले यसको लागि स्टोरमा पनि विशेष ध्यान दिएको बताईएको छ। न्यूजलेटरमा, गुरम्यानले रिपोर्ट ...

टेक्नोलोजी खबर
बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह
प्रविधिJust now

बाटुलो जूनको छायाङ्कनका दृश्य अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह

चलचित्र ‘बाटुलो जून’ को छायाङ्कनका क्रममा खिचिएका दृश्य निर्माण पक्षको अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै सनराइज पिक्चर्स प्रालिले त्यस्ता सामग्री हटाउन आग्रह गरेको छ। निर्माण कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै छायाङ्कनका दृश्य रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पार्ने र प्रतिलिपि अधिकारसमेत उल्लङ्घन हुन सक्ने जनाएको हो। निर्माण पक्षका ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play