किशोर श्रेष्ठलाई निवासबाटै साइबर ब्यूरो पुर्याइयो, हिमेश पन्तलाई पनि बोलाइयो

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले साइबर ब्युरो कार्यालय लगेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज नख्खुस्थित श्रेष्ठको निवासमै पुगेर ब्यूरोमा ल्याएको हो । श्रेष्ठविरूद्ध निवेदन परेपछि छलफल गर्न उनलाई कार्यालय ल्याइएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार श्रेष्ठलाई ल्याएसँगै रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्तलाई पनि बोलाइएको छ । पन्तले पनि आफू ब्यूरो जान लागेको जानकारी दिएका छन् । समाचारको विषयलाई लिएर श्रेष्ठविरूद्ध पन्तले हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए। त्यसैगरी श्रेष्ठले पनि पन्तविरूद्ध निवेदन दिएका थिए । पत्रकार किशोर श्रेष्ठ घरबाटै गिरफ्तार The post किशोर श्रेष्ठलाई निवासबाटै साइबर ब्यूरो पुर्याइयो, हिमेश पन्तलाई पनि बोलाइयो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ
• बडादशैंको सातौँ दिन फूलपातीका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा समारोह आयोजना गरेको छ। • समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। • नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गर्दै विभिन्न सैनिक कला कौशल र पुष्पवृष्टि प्रदर्शन गरेको छ। ...

जब सम्मान पनि अपमानजस्तै भयो
देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गर्वको विषय हो । तर, त्यही पदक जित्दा पाउने पुरस्कार रकम भने पहिलेको भन्दा आधा मात्रै भयो भने ? अहिले एसियाली खेलकुदका पदक विजेता खेलाडीले विभेद भएको गुनासो गरिरहेका छन् । ...

अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन गम्भीर
दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका-९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ। ...


