मुद्दा मामिला छिटो फछ्र्योट गर्न सर्वोच्चको २० बुँदे निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले मुद्दा मामिलालाई छिटो फछ्र्योट गर्न आन्तरिक निर्देशन जारी गरेको छ । अदालत र न्यायप्रतिको निराशालाई न्यूनीकरण गरी आशा जगाउन भन्दै मुद्दा मामिलाका कामकारबाहीमा समयसीमा नै तोकेर सर्वोच्च अदालतबाट २० बुँदे आन्तरिक निर्देशन जारी भएको हो । निर्देशनानुसार, मुद्दामा तारेख दिने, नक्कल उपलब्ध गराउने, म्याद तारेख थाम्नेलगायत कार्यहरू पक्ष उपस्थित भएको एक घण्टाभित्रै सम्पन्न गर्न लगाइएको छ । सर्वोच्चबाट हुने कामकारबाहीमा समानता कायम गरी अनुमानयोग्य, प्रभावकारी र एकरूपता कायम गर्ने लक्ष्य निर्देशनमा उल्लेख छ । यस्तै, विशेष परिस्थितिबाहेक शाखामा रहेका कर्मचारी बिदामा बस्दा अग्रिम रूपमा जानकारी गराउन भनिएको छ । कार्यालय समयमा शाखामा नरहेको कर्मचारीका हकमा सम्बन्धित प्रमुख जवाहदेही हुनुपर्नेछ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेलको परामर्शमा सबै फाँटलाई सम्बोधन गरेर आन्तरिक निर्देशन दिइएको सर्वोच्च प्रशासनले जनाएको छ । निर्देशनबाट मुद्दामा छिटो अंग (प्रक्रिया) पुर्याउन र इजलासको समय बचत हुने अपेक्षा सर्वोच्चको छ । बिहीबार (असोज २९) जारी निर्देशन आउँदो कात्तिक १ गतेदेखि लागू गर्न भनिएको छ ।पुराना मुद्दालाई प्राथमिकतामा राखेर टुंग्याउनुपर्ने चार वर्ष पुराना मुद्दालाई आदेशबमोजिमको कार्यसम्पादन गरी यथाशीघ्र अभियान शाखामा पठाउन निर्देशन दिइएको छ । सम्बन्धित शाखा वा फाँटबाट पुराना मुद्दा फछ्र्योटको समयावधिसहितको कार्ययोजना समेत पेश गर्न बाध्यकारी बनाइएको छ । चार वर्ष पुराना रिट तथा निवेदनमा साधारण तारेख/पेसी तोक्दा सामान्यतया ३० दिन ननघाउने व्यवस्था गरिएको छ । सर्वोच्चमा रिट निवेदन वा पुनरावेदन पत्र दर्ता वा प्रत्यर्थी झिकाउने आदेश भएको बढीमा तीन दिनभित्र म्याद जारी गर्नुपर्ने समयसीमासमेत तोकिएको छ । यस्तो म्याद रजिस्ट्रर (दर्ता किताब)मा अनिवार्य रूपमा दर्ता गरेरमात्र तामेलदारलाई बुझाउनुपर्ने भनिएको छ । निषेधाज्ञा वा अरू रिट निवेदनमा विपक्षीका नाउँमा म्याद तामेल गर्न पठाउँदा साथमा पुनरावेदन वा निवेदनको प्रतिलिपि, आदेशको प्रतिलिपि पनि अनिवार्य रूपमा पठाउन भनिएको छ । पूर्वआदेशानुसारको काम सम्पन्न भए/नभएको जाँच र यकिन गरेर मात्र कम्तीमा एक हप्ताअगावै पेसीका मुद्दा हेरेर रुजु गर्नुपर्नेछ । यस निम्ति थुनुवा भएको मुद्दामा पेसीको सूचना दिई सूचना पाएको ‘निस्सा मिसिल’ सामेल रहे/नरहेको, सरकारी वकिल र वैतनिक कानुन व्यवसायीलाई पेसीको सूचना दिनुपर्नेमा समयमै दिए÷नदिएको विषयमा पनि कडाइ गरिएको छ । काठमाडौंबाहिरका जिल्लामा अनलाइन तारेखमा रहेको पक्षले तारेख लिएको भर्पाई मिसिल सामेल रहे/नरहेको, मुद्दाको टिपोट अद्यावधिक गराए÷नगराएको आदेशलगत्तै अनिवार्य रुजु गर्न समेत सर्वोच्चले कडाइ गरेको छ । मुद्दा प्रक्रियामा गडबढी भए कर्मचारीलाई जिम्मेवार बनाइनेमुद्दा प्रक्रियामा गडबढी भए कर्मचारीलाई जिम्मेवार बनाइएको छ । मुद्दामा आदेशबमोजिमको कार्य सम्पन्न गरिसकेपछि बयान, बकपत्रको अन्त्यमा उक्त कार्यसम्पादन गर्ने कर्मचारीको नाम अनिवार्य उल्लेख गर्न भनिएको छ । उक्त कार्यका निम्ति हस्ताक्षर गर्ने कर्मचारीको पहिचान अनिवार्य रूपमा खुल्नुपर्नेछ । सुरु तहको अदालतमा मुद्दामा स्वघोषणा फाराम भए/नभएको यकिन गरी फाराम अद्यावधिक गराएर मात्र मिसिल संलग्न गर्नुपर्ने र विवरण भर्न नसक्ने पक्षलाई सम्बन्धित फाँटले भर्न सहजीकरण गर्नुपर्नेछ । मुद्दाका पक्षलाई साधारण तारेख तोक्दा अनिवार्य रूपमा कारण खुलाउनसमेत भनिएको छ । यदि, मुद्दामा अंग पुगेको भए सेवाग्राहीलाई साधारण तारेख तोक्न पाइने छैन । साथै, मुद्दा पेसीमा चढाउने विषयमा पनि सुरु अदालतले प्रमाणमा राखेका मिसिलहरू प्राप्त भए/नभएको, पुनरावेदन नगर्ने पक्षको पुनरावेदन म्याद संलग्न रहे/नरहेको यकिन गरी नभएको भए झिकाई संलग्न गरेरमात्र तथा सरकारवादी मुद्दामा सजाय पाएका प्रतिवादीको पुनरावेदन परे/नपरेको बुझी निस्सा मिसिल संलग्न गरी र लगाएको मुद्दा समेत साथै राखी पेसीमा निर्देशन दिइएको छ । आफूअन्तर्गतको फाँटमा रहेका मुद्दाको चालु मिसिलको सुपरीवेक्षकले महिनामा कम्तीमा एकपटक निरीक्षण गर्नुपर्नेछ । त्यसपछि सुपरीवेक्षकले प्रगति प्रतिवेदन तयार गरी पेस गर्नुपर्नेछ । आन्तरिक निर्देशनले इजलासबाट अन्तरकालीन आदेश भएको मिसिलहरूमा फाँटवाला, सुपरीवेक्षक तथा शाखा प्रमुखसमेतलाई जिम्मेवार बनाइएको छ । फैसला वा अन्तिम आदेश भएको दिन वा भोलिपल्टसम्ममा मुद्दाको लगत कट्टा गरी फाँट दायरी दुरुस्त राख्नसमेत लगाइएको छ । पक्षहरूलाई मुद्दामा म्याद तामेल भएको मिति, तामेली बेहोरा, पक्ष उपस्थित भएको दिन र आदेशको बेहोराजस्ता रेकर्ड फाइल पुस्तिकाको भित्रपट्टि अनिवार्य रूपमा जनाएको हुनुपर्नेछ । कुनै पक्षले तारेख गुजारेमा तारेख गुजारेको बेहोरा ‘सुपरिटेन्डेन्ट’बाट तत्कालै प्रमाणित गराए/नगराएको हेरिने भनिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


