Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँ आसुरी शक्तिमाथि दैवीशक्तिको विजय

दशैँ आसुरी शक्तिमाथि दैवीशक्तिको विजय

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँ आसुरी शक्तिमाथि दैवीशक्तिको विजय

‘शरत्काले माहापूजा क्रियते या च वार्षिकी । तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्ति समन्वितः ।। सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वितः । मनुष्यो मत्प्रसादेन भविष्यति नसंशयः ।। अर्थात् शरद् ऋतुमा जसले भक्तिपूर्वक मेरो महापूजा आराधना गरी यो सप्तशती चण्डी पाठ गर्दछ वा सुन्दछ भने त्यसका सम्म्पूर्ण दुःख कष्टहरू नाश हुन्छन् । धनधान्य सुख ऐश्वर्य प्राप्त हुन्छ । रोग व्याध र शत्रु नाश भई जीवन आनन्दमय हुन्छ । दशैँ पर्वमा देवीको आराधना गरी चण्डी पाठ गरेमा शक्ति सञ्चय हुनेछ । वर्ष दिनका चाडपर्वमध्ये दशैँ नेपालीहरूको ठूलो पर्व हो । यस पर्वमा प्रधान देवता शक्ति दुर्गा माता हुन् । त्यसैले दशैँमा शक्तिस्वरूपा दुर्गामाताको आराधना गरिन्छ । ‘शक्त्या विना शिवोऽपि शव एव…’ अर्थात् शक्तिको सहयोग नभई शिवले पनि केही गर्न सक्नुहुन्न भनेको छ । ‘शक्त्यधीनं जगत् सर्वम्’ अर्थात् सम्पूर्ण जगत् शक्तिका अधीनमा छ । अर्थात् कुनै पनि कार्य गर्न शक्तिको नै आवश्यकता हुन्छ । कोही व्यक्ति कमजोर छ । उसले केही काम गर्नुपर्नेछ भने आज मसँग यो काम गर्ने शक्ति छैन भन्द छ र त्यो काम हुन सक्तैन । वर्ष दिनसम्म धेरै काम गर्दा शक्ति क्षीण हुने र अरू धेरै काम गर्न शक्तिको आवश्यकता हुने भएकाले कम्तीमा वर्षको एकपटक शक्तिको आराधना गर्ने गरिएको हुनुपर्दछ । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल दशमी दश दिनसम्म हो । दशैँका नौ दिनसम्म शक्तिको आराधना गरिन्छ । नाम रूप र गुणका भेदले शक्तिका अनेक स्वरूप छन् । दशैँमा नव दुर्गाको पूजा आराधना गरिन्छ । नवदुर्गाको नाम यस प्रकार छ:प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीती च ।सप्तमं कालरित्रीति महागौरीति चाष्टमम् ।।नवमं सिद्धदात्री च नवदुर्गाः प्रकीर्तिताः । अर्थात् १, शैलपुत्री । २, ब्रह्मचारिणी । ३, चन्द्रघण्टा । ४, कूष्माण्डा, ५, स्कन्दमाता । ६, कात्यायनी । ७, कालरात्री । ८, महागौरी र ९, सिद्धिदात्रीसमेत नव दुर्गाको आराधना गरिन्छ । यसमा पहिलो दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । यस दिन पहिले दियो, कलश र गणेशको पूजा गरी जमरा राखेर अर्को कलश अर्थात् घटस्थापना गरी शैलपुत्री नामकी (प्रथम) दुर्गाको पूजा आराधना गरिन्छ । पूजाका अन्त्यमा कूष्माण्ड (कुभिण्डो) नरिवल आदि फल फूलको बलि दिनुपर्दछ । त्यसपछि ब्राह्मण वरणर गरी सप्तशती चण्डी पाठ आरम्भ गरिन्छ । अथवा संकल्प गरी आफ्नोतर्फबाट आफैं चण्डीपाठ गरे पनि हुन्छ । चण्डीपाठ प्रतिपदादेखि नवमीसम्म नौ आवृत्ति गरिन्छ । यसैक्रमले प्रतिदिन पूजा गरी चण्डीपाठ गर्नुपर्दछ । द्वितीयाका दिन ब्रह्मचारिणीको, तृतीयाका दिन चन्द्रघण्टाको, चतुर्थीका दिन कूष्माण्डाको, पञ्चमीकन दिन स्कन्दमाताको, षष्ठीका दिन कात्यायनीको, सप्तमीका दिन कालरात्रीको, अष्टमीका दिन महागौरीको र नवमीका दिन सिद्धिदात्री नामकीदुर्गाको पूजा, आराधना गरिन्छ । यसैबीच षष्ठीका दिन भद्रकाली देवीको आराधना गरिन्छ । षष्ठीका दिनमा नै बिल्व निमन्त्रणा गरिन्छ । बिल्वनिमन्त्रणा भनेको बेलका वृक्षमा पूजा गरी म भोलि हजुरको हाँगो देवीपूजाका लागि लानेछु, भनी प्रार्थना गरी निम्ता गर्नुलाई भनिन्छ । सप्तमीका दिनमा सरस्वतीको आवाहन र पूजाआराधना गरिन्छ । सप्तमीका दिनलाई फूलपातीको दिन भनिन्छ । यसदिन बेलसमेत नवपत्रिका (फूलपाती) भिœयाउने र तिनको पूजा गर्ने गरिन्छ । नव पत्रिका भनेका के–के हुन् भने:कदली दाडिमी धान्या हरिद्रा मानकं कचु ।बिल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिकाः ।। अर्थात् केराको पात, दारिम, धानका बाला भएको बोट, हलेदो, मानक (माने), कचु जसलाई कच भनिन्छ, बेलको पातसहितको हाँगो, अशोक र जयन्ती गरी नौ किसिमका फूल र पातहरूलाई नवपत्रिका ( फूलपाती) भनिन्छ । अष्टमीका दिनलाई महाष्टमी भनिन्छ । यसदिन दुर्गाको आवाहन र पूजा आराधना गरिन्छ । अनि अष्टमीका रात्रीमा कालरात्रीविधि गरिन्छ । पशुबलि दिनेले यसदिन विधिपूर्वक पशुबलि दिने गर्दछन् । विधि पुगेन भने यसबाट उल्टो फल प्राप्त हुन्छ । पशु बलि दिन ब्रह्मण जातिलाई निषेध छ ।‘बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता ।तेषां किल सुरामांसैर्नोक्ता पूजा नृप क्वचित् ।।’ भनेर वैकृतिक रहस्यमा ब्राह्मणलाई पशु बलि गर्न निषेध गरिएको छ । ब्रामणले बलि दिँदा (कूष्माण्ड कुभिण्डो, नरिवल, बेल, घिरौँलो, केरा, काँक्रो, ऊखु, मूला, आदि फल फूल र कन्दमूलको बलि दिनुपर्दछ । कूष्माण्ड आदि बलि प्रत्येक दिन पूजाका अन्त्यमा पाठ आरम्भ गर्नु अघि दिने गर्नुपर्दछ । नवमीका दिनलाई महानवमी भनिन्छ । यसदिन त्रिशूलिनी भगवतीको आवाहन गरी आराधना गरिन्छ । त्यसदिन दुई वर्षदेखि दश वर्षसम्मका नवोटी कन्याको पूजा गर्नुपर्दछ । त्यसैदिन नौ आवृत्ति चण्डीपाठ समाप्त हुन्छ र यसको हवन गरिन्छ । हवन सप्तमी, अष्टमीतिर गरे पनि हुन्छ । दशमीका दिनलाई विजया दशमी भनिन्छ । यसदिन जया, विजया र अपराजिताको पूजा आराधना गरिन्छ । अनि दशमीका दिन देवीको विसर्जन गरिन्छ । बिसर्जन पछि नयाँ वस्त्र लगाई देवीको प्रसाद स्वरूप टीका जमरा लगाइन्छ । यो टीका जमरा लगाउने चलन नेपालका पूर्वी र मध्य भागका धेरै ठाउँमा पूर्णिमाका दिनसम्म छ । भने पश्चिमी भागमा कतिपय ठाउँमा टीकाका दिन राति १२ बजेसम्ममात्र लगाउने चलन छ । यसरी दुर्गा भगवतीको उत्सव गरी शक्तिसञ्चय गर्ने दशैँ महत्वपूर्ण पर्व हो । दुर्गामाताले स्वयं भन्नुभएको छ:‘शरत्काले माहापूजा क्रियते या च वार्षिकी ।तस्यां ममैतन्माहात्म्यं श्रुत्वा भक्ति समन्वितः ।।सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वितः ।मनुष्यो मत्प्रसादेन भविष्यति नसंशयः ।। अर्थात् शरद् ऋतुमा जसले भक्तिपूर्वक मेरो महापूजा आराधना गरी यो सप्तशती चण्डी पाठ गर्दछ वा सुन्दछ भने त्यसका सम्म्पूर्ण दुःख कष्टहरू नाश हुन्छन् । धनधान्य सुख ऐश्वर्य प्राप्त हुन्छ । रोग व्याध र शत्रु नाश भई जीवन आनन्दमय हुन्छ । दशैँ पर्वमा देवीको आराधना गरी चण्डी पाठ गरेमा शक्ति सञ्चय हुनेछ । यो दशैँ पर्व भनेको आसुरी शक्तिमाथि दैवीशक्तिको विजय भएको उपलक्षमा चलेको मानिन्छ । कारण अघि रावणको अत्याचारबाट त्रस्त जनताको र उसले हरिएकी सीताको समेत उद्धार गर्न रामचन्द्रले भगवती दुर्गाशक्तिको आराधना र उपासना गरी भगवतीको प्रसादस्वरूप टीका तथा जमरा ग्रहण गरेर रावण विजयका लागि यात्रा गरेको दिन र त्यसै यात्राका क्रममा रावणमाथि विजय प्राप्त गरेको हुँदा आश्विनशुक्ल दशमीलाई विजया दशमी भनिएको हो । मधु र कैटभ दैत्य दैत्यहरूको अत्याचारबाट त्रस्त ब्रह्मजीले भगवतीको आराधना गरेको र विष्णुले तिनमाथि विजय प्राप्त गर्नुभएको थियो । साथै महिषासुरको र शुम्भनिशुम्भको अत्याचारबाट देवताहरूले भगवतीको आराधना गरी भगवतीले महिषासुर र शुम्भनिशुम्भ मथि विजय गर्न यात्रा गरेको आदि वर्णनबाट पनि आसुरीशक्ति माथि दैवी शक्तिको विजय गर्न भगवतीको आराधना गरिएका प्रंगसबाट यसदिनको विजया दशमी नाम सर्थक भएको छ । फेरि सुरथ राजाले भगवतीको आराधना गरेर शत्रुद्वार खोसिएको राज्य पुनः प्राप्त गरे, भने समाधिनामक वैश्यले श्रीमती तथा छोराहरूद्वारा अपहेला गरी घरबाट निकालिए पछि भगवतीको आराधना गरेर मोक्ष प्राप्त गर्ने ज्ञान प्राप्तगरी आखिरमा मोक्ष भए । अघि युधष्ठिरादि पाण्डवहरूले भगगवतीको आराधना गरेर छलयुक्त जुवाद्वारा खोसिएको राज्य युद्धगरी जितेर पुनः प्राप्त गरेका थिए । सत्राजितद्वारा लगाइएको मिथ्यापवाद मेटाउन कृष्णद्वारा सत्राजितका भाइ प्रसेन र मणिको खोजीमा जाँदा अठ्ठाईस दिनसम्म जाम्बवानसँग युद्ध गर्दा कृष्णहराएका मन चिन्तित भई वसुदेव र देवकीले कृष्ण छिट्टै आउन् भनेर भगवतीको उपासना गरेका हुँदा उपासना सकेकै दिन कृष्णजी आउनुभएको थियो । भगवतीको उपासनाद्वारा आफ्ना मनोकामना पूरा भएका यस्ता धेरै उदाहरण छन् । जेहोस् भगवती दुर्गामाताको उपासना गर्दा मानिसलाई अवश्य कल्याण हुने कुरामा सन्देह छैन । यस वर्षको भगवती दुर्गामाताको शक्ति सबै मानव जनमा रहोस् । बडादशैँ पर्व २०८३ सालको हार्दिक मंगलमय शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रातोपाटी
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
ताजा खबरJust now

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

रातोपाटी
हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
ताजा खबरJust now

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’

आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

नेपालखबर
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play