Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो: सभापति थापा

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो: सभापति थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन् । पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको समाधान दिन सक्ने शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम र बडादशैं, तिहार तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेसले बदलिँदो समाजका आवश्यकता र नागरिकका आकाङ्क्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए । उनले भने, ‘ नेपाली कांग्रेस पार्टीको प्रारम्भ यहीँबाट हुन्छ । कांग्रेस पार्टी कुनै नेताको होइन, कसैको प्राइभेट कम्पनी होइन । हजारौँ–लाखौँ मानिसहरू पार्टीभित्र आवद्ध छन्, शुभेच्छुक छन्, समर्थक छन्, सबैको साझा सम्पत्ति हो । सार्वजनिक सम्पत्ति हो । सार्वजनिक सम्पत्तिमा सबैको बराबर हक लाग्छ । त्यसकारणले गर्दा पार्टीभित्र पनि यहाँभित्र पनि सबैको समान कुरा हो ।’ उनले पार्टीको आगामी यात्रामा विचार, सङ्गठन र नेतृत्वलाई मुख्य आधार बनाएर अघि बढ्ने उल्लेख गरे । सभापति थापाले राजनीतिक दलको वैधता सदस्यहरूको मतबाट मात्र नभई समर्थक, शुभेच्छुक र आम नागरिकको स्वीकार्यताबाट स्थापित हुने बताए । ०८२ को भदौ २३ र २४ का घटनापछिको परिस्थितिमा नेपाली कांग्रेसले जनतामाझ गएर आफ्ना विचार राख्नुपर्ने र नागरिकका कुरा सुन्नुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन आयोजना गरिएको उनले स्पष्ट पारे । पार्टीभित्र नेतृत्वको अधिकार र आम सदस्य तथा समर्थकको भूमिकाबारे फरक बुझाइ रहे पनि दललाई व्यापक सार्वजनिक संस्थाका रूपमा बुझ्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘राजनीतिक दल भनेको सदस्यता लिएका व्यक्तिहरूको मात्रै संस्था होइन, यो समर्थक, शुभेच्छुक र आम नागरिकको पनि साझा संस्था हो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिमा नेपाली कांग्रेस जनतामाझ जानुपर्छ, आफ्ना कुरा राख्नुपर्छ र नागरिकका कुरा सुन्नुपर्छ भन्ने मान्यताका साथ हामीले विशेष महाधिवेशन गरेका हौँ ।’ पराजित भएका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइने सभापति थापाले पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई थप सरल र प्रभावकारी बनाउनुपर्ने बताए । वडादेखि केन्द्रसम्म विभिन्न तहमा हुने निर्वाचन र प्रतिनिधि छनोट प्रक्रियाबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । यसपटकको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि अभ्यासमा रहेको दुई समूहबीचको प्रतिस्पर्धालाई तोड्न सहयोग गरेको उल्लेख गर्दै थापाले आन्तरिक निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटेर अघि बढ्ने बताए । निर्वाचनमा विजयी हुनु र पराजित हुनुका आधारमा कसैको योग्यता निर्धारण गर्न नहुने उनको भनाइ थियो । पार्टी निर्माणका लागि योग्य र अनुभवी नेताहरूको योगदान आवश्यक हुने भएकाले सबैलाई समेटेर केन्द्रीय समितिलाई प्रभावकारी बनाउने उनले बताए । सभापति थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा परिवर्तन ल्याएको बताए । एउटै परिवारभित्रका फरक पुस्ताको सोच, भाषा र कल्पनाबीच दूरी बढिरहेको उल्लेख गर्दै उनले पुरानो र नयाँ पुस्तालाई एकअर्काको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई थप विभाजित गर्न सक्ने बताए । नेपाली कांग्रेसले विभिन्न पुस्तालाई जोड्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले यसपटक ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएको विषयलाई पार्टीले बदलिँदो समाजका मुद्दालाई सम्बोधन गर्न गरेको प्रयासका रूपमा व्याख्या गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
ताजा खबरJust now

‘सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक परे प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन् । सांसद सुनारले एक महिलामाथि अश्लील शब्द प्रयोग गर्दै धम्की […] ...

लोकपथ
ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !
ताजा खबरJust now

ऋण तिर्न जाँदा बैंकले किस्ता लिएन, अहिले १० करोडको घरजग्गा साढे ३ करोडमा लिलाम !

• एनएमबी बैंकले पोखराका घरधनीहरूको घरजग्गा लिलाम गरेकोमा पीडितहरूले आक्रोश व्यक्त गर्दै मालपोत कार्यालय घेराउ गरेका छन्। • बैंकले ऋण तिर्न खोज्दा किस्ता नबुझ्ने र पछि ऋण नतिरेको भन्दै घरजग्गा लिलाम गरेको आरोप लगाइएको छ। • पीडितहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गर्दै ऋणी र बैंकको जिम्मेवारीको स्पष्टता आवश्यक रहेको बताएका छन्। ...

नेपालबहस
चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९  हजार ६९१ पुग्यो
ताजा खबरJust now

चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९ हजार ६९१ पुग्यो

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका विभिन्न शिक्षण संस्थाहरूमा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै समग्र क्षेत्रमा ४ सय १८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री... ...

रातोपाटी
यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?
ताजा खबरJust now

यस वर्षका लागि सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय ?

• सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य ४१०७ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ, जुन गत वर्षको ३९४५ रुपैयाँ भन्दा बढी हो। • मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ, जसमा बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत प्रदान गर्ने योजना समावेश छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play