Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् । सिनेमालाई सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए । निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन् । यसअघि सार्वजनिक सिनेमाको प्रचारसामग्री पोस्टर, टिजर ट्रेलर र गीतलाई दर्शकले पनि अत्याधिक रुचाएका छन् । टिजर र ट्रेलर हेरेर दर्शकले सिनेमा हेर्न निकै उत्साहित रहेको प्रतिक्रिया दिइरहेका छन् । सिनेमा यसवर्ष दशैंको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् । ट्रेलरमा समेटिएको बेरोजगारीबाट दिक्क भएर काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोली नयाँ व्यवसाय सुरु गरेको, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपिन कार्कीको ग्याङसँगको टक्करलाई एक्सन र कमेडी शैलीलाई दर्शकले निकै रुचाएका छन् । टिजरमा मिरुना मगर अर्थात् शान्ति मिसको निकै खोजेका दर्शकहरूले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेका छन् । साथै, ट्रेलरमा विपीन कार्कीको नयाँ र धमाकेदार अवतार (ग्याङस्टार लुक्स) लाई दर्शकले विशेष चासो र प्रशंसाका साथ हेरेका छन् । यसअघि प्रदर्शन भएको ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भएकाले निर्देशक रामबाबु गुरुङले पाँचौं शृङ्खलामा पनि कथालाई ट्वीस्टमाथि ट्वीस्ट दिएर न्याय गरेको भन्दै दर्शकहरूले उनको तारिफ गरेका छन् । त्यस्तै ट्रेलर सार्वजनिक हुनुअघि सार्वजनिक गरिएको गीत ‘थाक खोला’ ले पनि दर्शकमाझ कौतुहलता बढाउनुका साथै सिनेमाको हाइप झनै बढाएको निर्माण टिमको दाबी छ । त्यसैले धेरैले यो सिनेमालाई बहुप्रतीक्षित र वर्षकै सबैभन्दा ठूलो हिट सिनेमा बन्ने अनुमान गरेका छन् । अघिल्ला चारवटै शृङ्खलाले नेपाली सिनेमा इतिहासमा ऐतिहासिक सफलता कमाइसकेकाले पनि यस पाँचौ शृङ्खलाप्रति दर्शकको अपेक्षा निकै उच्च छ । सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ । बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ । सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने
ताजा खबरJust now

नेपालमा नोभेम्बर १७ देखि आईसीसी एसिया सम्मेलन हुने

काठमाडौँ। नेपालमा आगामी नोभेम्बर १७ देखि २१, २०२६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा आईसीसीको आयोजनामा सम्मेलन हुन... ...

रातोपाटी
सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो
ताजा खबरJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’सञ्चालनमा ल्यायो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिब एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिब एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । ...

कर्पोरट खबर
हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै
ताजा खबरJust now

हेटौंडाको ट्राफिक अस्तव्यस्तता, प्रहरीदेखि उपमहानगरपालिका जिम्मेवारी पन्छ्याउँदै

• हेटौंडामा सवारी चाप बढ्दै गए पनि ट्राफिक व्यवस्थापन र पूर्वाधारमा सुधार हुन सकेको छैन, जसले समस्या चुल्याएको छ। • स्थानीय सरकार र प्रहरीबीचको समन्वयको अभावले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ, र यसलाई समाधान गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ। • हेटौंडाको ट्राफिक व्यवस्थापन सुधार गर्न बुद्धचोक, सीमाचोक र बाइपास क्षेत्रको सवारी चाप अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिइएको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play