Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पछिल्लो ९ दिनमा ७६ सरकारी कर्मचारीले दिए राजीनामा

पछिल्लो ९ दिनमा ७६ सरकारी कर्मचारीले दिए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पछिल्लो ९ दिनमा ७६ सरकारी कर्मचारीले दिए राजीनामा

काठमाडौं । सरकारी सेवाबाट राजीनामा दिने लहर निरन्तर छ । यही असोज १ देखि १४ गतेसम्म मात्र ७६ कर्मचारीले राजीनामा दिए । यो समयमा नौ दिनबाहेक अन्य दिनमा सरकारी बिदा रहेको थियो । त्यही नौ कार्यदिनमा ७६ कर्मचारीको राजीनामा आएको हो । विशिष्ट श्रेणीका सचिव एक, सहसचिव छ, उपसचिव १३ राजीनामा दिएका छन् । अवकाशअगावै राजीनामा दिने शाखा अधिकृतको संख्या १६ छ । राजपत्रअनङ्कित सहायकस्तरका कर्मचारीहरूमध्येबाट २३ जना राजीनामा दिँदै सरकारी सेवा टुटाएका छन् भने १७ जना तहविहीन कर्मचारीहरू पनि राजीनामा दिँदै सेवाबाट बाहिरिएका छन् । निजामती सेवामा नयाँ सरकार आएसँगै राजीनामा दिँदै बाहिरिने क्रम सुरु भएको थियो । त्यसरी राजीनामा दिने ‘ट्रेन्ड’ अझै रोकिएको छैन । खासगरी सरकारले अध्यादेश जारी गरी पुराना कर्मचारीलाई बिदा गर्ने चर्चा चलेसँगै वैशाखबाटै राजीनामाको क्रम सुरु भएको थियो । अझ तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐन संशोधनको मस्यौदा तयार पारी गत जेठ १२ मा कानुन मन्त्रालय पठाएपछि सरकारले ३०–५५ वर्ष लगाउँदै कर्मचारी हटाउन लागेको विषयले आधिकारिकता पाएको थियो । त्यही मस्यौदाले संसदीय चरण पार गर्दै कानुन आउँछ वा अध्यादेशका रूपमा भन्ने अन्योलबीच असार महिनामा मात्र २०८ कर्मचारी अवकाशअगावै राजीनामा दिँदै बाहिरिएका थिए । सरकारले संघीय निजामती ऐन अध्यादेशबाट ल्याउने वा विधेयकबाट भनी प्रस्ट नपार्दा ३० वर्षभन्दा बढी सेवाअवधि भएकाहरू त्रासमा परेका थिए । सरकारले असोज १५ मा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । तर, निजामती सेवामा अध्यादेशको त्रासले छाडेको छैन । सरकारले यही असोज २१ मा तीनवटा अध्यादेश जारी गरेको थियो । कतिपय कर्मचारीहरू अझै अध्यादेश सम्भावना देख्दै राजीनामा दिँदै छन् । यही त्रासका बीच संघीय संसद् सचिवालयमा कार्यरत आठ जनाले असोज २२ मा राजीनामा दिएका थिए । त्यसैगरी अन्यत्रका कर्मचारीले पनि राजीनामा दिएको हुन सक्ने अनुमान निजामती किताबखानाका एक अधिकारीको छ । तर, सबैको राजीनामा किताबखानामा पुगीनसकेको, पुगेकाहरूको पनि इन्ट्री र एकीकृत तथ्याङ्क तयार हुन बाँकी रहेको ती अधिकारीले जानकारी दिए । अध्यादेश र ऐनबाटै ५५ वर्षे उमेरहद र ३० वर्षे सेवाहद लगाउँदै हटाउने हुँदा पाकिसकेको सेवासुविधाबाट बञ्चित हुनुपर्ने स्थितिसँगै वैशाखयता राजीनामा दिने लहर चलको हो । नियमित अवकाशबाहेक राजीनामा दिँदै सेवा छाड्ने निजामतीको संख्या ६१४ पुगेको छ । जसमध्ये चार जना त सचिव (विशिष्ट श्रेणी)का छन् । सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) ३१ जना छन् भने राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरू १०८ जना छन् । शाखा अधिकृतबाट राजीनामा दिएर बाहिरिनेको संख्या १२६ पुगेको छ । राजपत्रअनंकित सहायकस्तरका कर्मचारीहरू १८२ जना राजीनामा दिँदै सेवाबाट बाहिरिइसकेका छन् । तहविहीन १६२ कर्मचारीहरूले राजीनामा दिएका छन् । अध्यादेशको त्रासले राजीनामा दिनेको तथ्याङ्क आइसक्दा यो संख्या अझ ठूलो हुने निजामती किताबखानाका अधिकारीको बुझाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
ताजा खबरJust now

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ... ...

रातोपाटी
‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा
ताजा खबरJust now

‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा

कात्तिक ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर युट्युब ट्रेन्डिङमा आएको छ। सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल  फिल्मको ट्रेलर मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा आएको हो।  समाचार तयार पार्दासम्म ट्रेलरले ७ लाख ६० भ्युज बटुलिसकेको छ। दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखि... ...

नेपालखबर
गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी
ताजा खबरJust now

गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी

लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार भिडेका थिए।  निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्... ...

नेपालखबर
संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने
ताजा खबरJust now

संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने

• संसदीय सुनुवाइ समितिले मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्डमा राख्ने निर्णय गरेको छ, विभिन्न आरोप र अनियमितताका कारण। • सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता र योग्यतामाथि प्रश्न उठाएका छन्, जसको कारण थप अध्ययन र प्रमाण जुटाउने आवश्यकता देखिएको छ। • खरेलले आरोपहरूलाई अस्वीकार गर्दै आफूलाई निर्दोष साबित गर्नका लागि समयको माग गरेका छन्, तर समितिले गोप्य छलफल ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play