Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘आमाको माया’ बालकथा संग्रह लोकार्पण

‘आमाको माया’ बालकथा संग्रह लोकार्पण

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘आमाको माया’ बालकथा संग्रह लोकार्पण

जोरपाटी । अभिनव साहित्य समाजको २९७औं शृंखलाअन्तर्गत साहित्यिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा कवि गोष्ठी आयोजना गरिएको छ । भैरव स्मृति भवन, जोरपाटीमा आयोजित कार्यक्रममा साहित्यकार गोविन्द घिमिरे वेदमणिद्वारा लिखित बालकथा संग्रह ‘आमाको माया’ लोकार्पण गरिएको हो । कार्यक्रममा सुसेलीका प्रतिपादक साहित्यकार दुर्गा अधिकारी प्रमुख अतिथि तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल सभापति रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले बालकथा संग्रह लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार दिलीप अर्यालले ‘आमाको माया’ बालकथा संग्रहबारे परिचयात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । उहाँले संग्रहको साहित्यिक पक्ष र बालसाहित्यमा यसको महत्त्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको अर्को आकर्षण कवि गोष्ठी थियो । गोष्ठीमा ३० जना कवि तथा कवयित्रीले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । सहभागी स्रष्टाहरूले कविता तथा साहित्यिक रचनामार्फत आफ्ना भाव, विचार र अनुभूति प्रस्तुत गरेका थिए । वाचन गरिएका रचनामध्ये दिव्यलक्ष्मी पोखरेल र दुर्गा घिमिरेका सिर्जना उत्कृष्ट ठहरिनुभएको थियो । उहाँहरूलाई अभिनव साहित्य समाजले प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि दुर्गा अधिकारीले साहित्यिक गतिविधिले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साहित्यले समाजमा चेतना अभिवृद्धि गर्नुका साथै सिर्जनशीलता र सकारात्मक सोचको विकासमा सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । उहाँले यस्ता साहित्यिक कार्यक्रम देशभरका नगरपालिका तथा गाउँपालिकामा नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि स्थानीय सरकारले पनि आवश्यक सहयोग र सहकार्य गर्नुपर्ने अधिकारीले बताउनुभयो । अभिनव साहित्य समाजले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक शृंखलाले स्रष्टाहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै साहित्यिक गतिविधिलाई निरन्तरता दिन सहयोग पुर्‍याउँदै आएको छ । बालसाहित्यको प्रवर्द्धन, स्रष्टाहरूबीच आपसी परिचय तथा साहित्यिक विमर्शका दृष्टिले पनि कार्यक्रम महत्त्वपूर्ण रहेको सहभागीहरूको भनाइ थियो । कार्यक्रमको अन्त्यमा सभापति विमल अर्यालले उपस्थित अतिथि, साहित्यकार तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play