Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रास्वपा सांसद खगेन्द्र सुनारको अर्काे काण्ड बाहिरियो : महिलामाथि आमाचकारीदेखि रगत नै पिउने धम्की

रास्वपा सांसद खगेन्द्र सुनारको अर्काे काण्ड बाहिरियो : महिलामाथि आमाचकारीदेखि रगत नै पिउने धम्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद खगेन्द्र सुनारको अर्काे काण्ड बाहिरियो : महिलामाथि आमाचकारीदेखि रगत नै पिउने धम्की

काठमाडौं, असोज २६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जल्दाबल्दा सांसद खगेन्द्र सुनारले आपत्तिजनक काण्ड बाहिरिएको छ । एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी सारिरीक सम्बन्धका साथै अश्लिल भिडियो बनाएर ’ब्ल्याकमेल’ गरेको तथ्यसहितको अडियो बाहिर आएको हो । , ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’ अडियो सम्वादमा ती महिलाले भनेकी छन । सांसद सुनारले ती महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए ‘मारेर रगत खाने’ धम्की दिएको ४ वटा अडियो संवाद फेलापरेको भन्दै जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सोमवार घटना सार्वजनिक गरेको हो । अडियो क्लिपमा सुनारले प्रयोग गरेका शब्द सुन्नसमेत नसकिने खालको रहेको छ । संवादअनुसार शुरुमा महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको बताउँछिन् । जवाफमा सुनारले ‘आज तेरो रगत कसरी खान्छु, पख… डी’ भन्दै अकाउण्ट डिएक्टिभेट नगर्न चेतावनी दिएका छन् । त्यसपछि महिलाले ‘गर्न खोजेको, भएन’ भनेको सुनिन्छ । तर, सुनार झन आक्रोशित हुँदै धम्की दिन्छन, ‘किन गरेको डिएक्टिभेट ? साँझ म पुग्दासम्म एक्टिभेट भएन भने हेर्दै जा, के हुन्छ !’ महिला नम्र आवाजमा बोल्छिन । बागमती प्रदेशको पूर्वराज्यमन्त्री समेत रहेकी ती महिलालाई सुनारले तत्काल राजीनामा दिन निर्देशन दिएको पनि अडियोबाट खुलेको छ । सुनारले धम्कीपूर्ण अश्लिल गालीगलौज दोहोर्याउँदै भनेका छन्, ‘म पुग्दासम्म राजीनामा दिएर तेरो संसदीय दललाई बुझा, बुझिस् कि बुझिनस् ? तेरो काल नजिक आइराको छ,पख् !’, जवाफमा महिलाले डराएको स्वरमा ‘बुझेँ’ भनेकी छन् । त्यसपछि सोध्छिन्, ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’ पीडित महिला अगाडि भन्छिन, ‘मलाई बूढी भन्ने, तर सधैँ कुट्ने, पिट्ने, काट्छु भन्ने, मार्छु भन्ने, मेरो नांगो भिडियो बनाउने, दुनियाँथरी टर्चर दिने, पैसा दिन्नँ भनेपछि पिट्ने,आखिर मैले यो कहिलेसम्म सहने ?’ अडियो संवादमा त्यसपछि पैसाको बार्गेनिङ चलेको सुनिन्छ । सांसद सुनार भन्छन्, ‘मलाई साँझसम्म चाहिन्छ, साँझ ८ बजेसम्म हुन्छ नि हैन पैसा ? ओइ, सुनिस्, साँझ आउँछ नि हैन ?’ महिला डराउँदै जवाफ दिन्छिन्, ‘हस्’ । सांसद सुनारको यो आपत्तिजनक संवाद र धम्की बाहिरिएपछि कार्वाहीको चर्काे आवाज उठेको छ । सुनारलाई सांसद पदमा राखिरहन नमिल्ने अधिकांशको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
OthersJust now

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन

चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

पर्दाफास
रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
OthersJust now

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने

'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

अनलाइन खबर
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
OthersJust now

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी

२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

अनलाइन खबर
कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
OthersJust now

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play