Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने

10/15/2026, 3:54:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको हो । गत असार मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा समेत विदेशी मुद्रा सञ्चिति ४।६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड डलर पुगेको छ । विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिसँगै नेपालको आयात धान्न सक्ने क्षमता पनि बढेको छ । समीक्षा अवधिसम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले २०।९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत पुगेको छ । त्यस्तै, कुल आयातको तुलनामा सञ्चितिको अनुपात १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको तुलनामा ४४.९ प्रतिशत रहेको छ । गत असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिति ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ थियो । त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ७।२ प्रतिशतले बढेर चार खर्ब ५५ अर्ब एक करोड रुपैयाँ पुगेको छ । कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१।३ प्रतिशत रहेको छ । यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चालु खाता एक खर्ब ६९ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो । त्यस्तै, मुलुकको शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत एक खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा शोधनान्तर बचत एक अर्ब २३ करोड पुगेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) एक अर्ब २७ करोड रुपैयाँबाट बढेर दुई अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यद्यपि, खुद पुँजीगत ट्रान्सफर भने अघिल्लो वर्षको दुई अर्ब २० करोड रुपैयाँबाट घटेर एक अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ । चालु खाता र शोधनान्तर दुवै बचतमा रहनु तथा विदेशी मुद्रा सञ्चिति बढ्नुले बाह्य क्षेत्रका प्रमुख सूचकमा सुधार देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play