भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो । घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ । पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताउनुहुन्छ । पहिले दसैँका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उहाँ सम्झनुहुन्छ । अहिले बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको उहाँले बताउनुभयो । “पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो । अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ । त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ ।” समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ । पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ । यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ । कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताउनुभयो । पछिल्लो समय बजारमा पाइने सामग्रीले सहजता भए पनि गाउँघरको मौलिक चलन भने लोप हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फेरिएनन् काठे पुल
बाजुरा समाचारदाताबाजुरा, असोज २८ गते । बाजुरावासी कामको सिलसिलामा लेक औल आउजाउ गर्दा ज्यान जोखिममा राखेर काठेपुल तर्न बाध्य छन् । काठे पुल फेर्नका लागि यहाँका स्थानीयले स्थानीय, प्... ...
नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
बाँके । दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ ।... ...

कांग्रेस खस–आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस–आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, ...

सडक विस्तार भयो, काठेपुलको जोखिम हटेन
बाजुरा समाचारदाताबाजुरा, असोज २८ गते । बाजुरामा गोरेटो बाटोको स्वरूप फेरिएर ग्रामीण सडक निर्माण भए पनि काठेपुल भने अझै फेरिएका छैनन् । स्थानीय तहले पुराना गोरेटो बाटोलाई मोटर चल्ने... ...


