Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, एक भारतीय घाइते

मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, एक भारतीय घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, एक भारतीय घाइते

विराटनगर, असोज ३० । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार राति गाँजा कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट गस्ती टोली खटिएको थियो। राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिसँग प्रहरीको जम्काभेट भएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेपछि सुरुमा एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकेपछि प्रहरीले चलाएको गोली भारतको अररिया जिल्लाको जोगबनीका ३९ वर्षीय प्रमोद चौधरीको देब्रे खुट्टाको पिँडुलामा लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थलबाट चौधरीसँगै भारतको अररिया जिल्लास्थित महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट करिब १०० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। यसअघि असोज २९ गते दिउँसो सोही नगरपालिका–५ स्थित बक्राहा खोलाको बगरमा बेवारिसे अवस्थामा राखिएको २६४.५९ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको थियो। सोही स्थानमा पुनः कारोबार हुन सक्ने सूचनापछि प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

कांग्रेस महाधिवेशनको मतगणना सकियो, निर्वाचितहरूले दशैँपछि सपथ लिने
राजनीतिJust now

कांग्रेस महाधिवेशनको मतगणना सकियो, निर्वाचितहरूले दशैँपछि सपथ लिने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको गणना प्रक्रिया टुंगिएको हो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित समूहका केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको ...

फरकधार
नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही स्वयंले लिनुपर्छ, पार्टीले भार बोक्दैन : सभापति थापा
राजनीतिJust now

नेताको व्यक्तिगत आचरणमा प्रश्न उठ्छ भने त्यसको जबाफदेही स्वयंले लिनुपर्छ, पार्टीले भार बोक्दैन : सभापति थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा जोड दिए । उनले दलहरू पब्लिकको प्रोपर्टी भएकाले यसमा आम जनता र कार्यकर्ताको समान हक लाग्ने बताए। ‘पार्टी कुनै नेताको प्राइभेट कम्पनी होइन। […] ...

काठमाण्डुपाटी
प्रहरीको सेवा–सुविधा बढछ, गलत कामको संरक्षण हुँदैन: गृहमन्त्री गुरुङ
राजनीतिJust now

प्रहरीको सेवा–सुविधा बढछ, गलत कामको संरक्षण हुँदैन: गृहमन्त्री गुरुङ

गोरखापत्र समाचारदाताकाठमाडौं, असोज ३० गते । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीको सेवा–सुविधा वृद्धि, जनशक्ति थप तथा आधुनिक प्रविधि र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको ब... ...

गोरखापत्र
वातावरण विभागमा 'तमासा': नयाँ उपसचिव तीन सातादेखि बरण्डामा, जानुपर्नेले रमाना नलिने
राजनीतिJust now

वातावरण विभागमा 'तमासा': नयाँ उपसचिव तीन सातादेखि बरण्डामा, जानुपर्नेले रमाना नलिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा सरुवा भएर आएका उपसचिवले हाजिर भएको तीन सातासम्म पनि कार्यकक्ष नपाएर बरण्डामै बिताउनु परेको छ । त्यहाँबाट सरुवा भएर जानुपर्ने अर्का उपसचिवले रमाना लिन ढिला गर्दा सरुवा भएर आएकाले कार्यकक्ष र अन्य आवश्यक सुविधा नपाएका हुन् । फरकधारलाई स्रोतले दिएको जानकारीअनुसार, कृषि, वन तथा पर्यावरण मन्त्रालयले २०८३ असोज ५ गते गरेको निर्णयअनुसार वातावरण विभागमा कार्यरत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play