Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/संकटको सारथि नै संकटोन्मुख अवस्थामा

संकटको सारथि नै संकटोन्मुख अवस्थामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
संकटको सारथि नै संकटोन्मुख अवस्थामा

संकटको सारथि मानिएको हेलिकप्टर सेवा आफैँ भने संकटोन्मुख अवस्थाबीच ग्रुजिरहेको छ । पछिल्लो समय देशमा पर्यटनलगायत समग्र व्यवसायमा देखिएको मन्दीको असर हेलिकप्टर सेवा क्षेत्रमा पनि परेको हो । हेलिकप्टरको मुख्य आम्दानीको स्रोत पर्यटन हो तर पर्यटन खस्किएसँगै हेलिकप्टर कम्पनीहरूको व्यवसाय पनि खुम्चिँदै गएको छ । त्यसो त हेलिकप्टर व्यवसाय प्रभावित हुनुको कारण पर्यटन मात्रै छैन, नीतिगत समस्या पनि छन् । बढ्दो सञ्चालन खर्च, मूल्य अभिवृद्धि कर (भ्याट), हेलिकप्टर पार्टस् आयातमा चर्को भन्सारदर, हवाई इन्धनमा भारी मूल्यवृद्धिलगायत पनि हेलिकप्टर कम्पनीका लागि चुनौती बनिरहेको छ । दुई वा दुईभन्दा बढी संख्यामा हेलिकप्टर हुने कम्पनीको तुलनामा एउटा मात्रै हेलिकप्टर सञ्चालन गर्ने कम्पनीहरू बढी समस्यामा रहेका छन् । वायु सेवा सञ्चालक संघ नेपालका अनुसार विगतमा हेलिकप्टर कम्पनीहरूको ९० प्रतिशत आम्दानीका स्रोत पर्यटन क्षेत्र रहेकोमा अहिले ५० देखि ६० प्रतिशतमा झरेको छ । २० देखि २५ प्रतिशत पूर्वाधारतर्फको कार्गो सेवा र बाँकी १० प्रतिशत विभिन्न प्याकेज प्रवर्द्धनबाट व्यवसाय धानिइरहेको अवस्था छ । विशेषगरी पर्यटन क्षेत्रमै केन्द्रित व्यवसाय भएकाले होटल जस्तै हेलिकप्टर कम्पनीहरूले सोहीअनुसार आफ्नो पूर्वाधार विस्तारमा लगानी गरेका हुन्छन् । तर, लक्ष्यअनुसार पर्यटक संख्या बढ्न नसक्दा होटलहरू जस्तै हेलिकप्टर कम्पनीहरूले आफ्नो पूर्वाधारमा गरेको लगानी पूर्णरूपमा उपयोगमा आउन नसक्दा व्यवसाय घटेको सिम्रिका एयर प्रालिका महाबन्धकसमेत रहनुभएका नेपाल वायु सेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी बताउनुहुन्छ । उहाँका अनुसार पर्यटनसम्बन्धी नीतिगत स्थिरता नहुँदा हरेक दुई/ तीन वर्षमा हेलिकप्टर कम्पनीहरूले जटिल समय‘फेस’ गर्नु परिरहेको अवस्था छ । विगतमा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिनेगरी २० लाख पर्यटकका लागि इन्फ्रास्ट्रक्चर तयारी गर्दा अहिले पर्यटक करिब संख्या करिब १२ लाख मात्रै पुगेको छ । त्यसो त पछिल्लो समय हेलिकप्टर सेवाको पहुँच विस्तारसँगै आन्तरिक पर्यटक पनि बढिरहेकाले व्यवसाय विस्तारका लागि कतिपय कम्पनीले नयाँ पर्यटकीय गन्तव्यहरू प्रवर्द्धन गरिरहेको अवस्था छन् । सोही कारण पनि अन्नपूर्ण बेस क्याम्प, गोसाईंकुण्ड लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । सँगसँगै मेडिकल सेवातर्फ पनि हेलिकप्टरबाट उद्धार क्रम बढेर गएको छ । हेलिकप्टर कम्पनीहरूले हाल सिलिङ अपरेसन, मेडिकल इभाकेसन, माउन्टेन फ्लाइट, रेस्क्यु अपरेसन, एरियल सर्भे, हेलिस्की, स्काई ड्राइभिङ, होली टुर्स र फायर फाइटिङ लगायतका सेवा सञ्चालन गर्दै आएका छन् । वायु सेवा सञ्चालक संघ नेपालका अनुसार विगतमा हेलिकप्टर कम्पनीहरूको ९० प्रतिशत आम्दानीका स्रोत पर्यटन क्षेत्र रहेकोमा अहिले ५० देखि ६० प्रतिशतमा झरेको छ । २० देखि २५ प्रतिशत पूर्वाधारतर्फको कार्गो सेवा र बाँकी १० प्रतिशत विभिन्न प्याकेज प्रवर्द्धनबाट व्यवसाय धानिइरहेको अवस्था छ । खुम्चिँदै कार्गो सेवाहेलिकप्टर कम्पनीहरूको अर्को आम्दानीको स्रोत कार्गो सेवा पनि पछिल्लो सयम खुम्चिँदै गएको छ । नेपालमा सडक पूर्वाधार विस्तारसँगै हेलिकप्टरको कार्गो सेवा खुम्चिँदै गएको हो । संघमा महासचिव जोशीका अनुसार कार्गो सेवाको बढी माग हुँदा विगतमा कतिपय कम्पनीले विदेशी पाइलट ल्याएर पनि सेवा दिएका थिए । किनभने तत्कालीन समयमा नेपालमा हेलिकप्टर सेवाका लागि जनशक्ति अभाव थियो तर अहिले सम्पूर्ण प्राविधिक सुविधा नेपालमै उपलव्ध छ । पाइलट, इञ्जिनियर लोड मास्टर सबै जनशक्ति छ तर सडक पूर्वाधार विस्तारसँगै कार्गोको क्षेत्र पनि परिवर्तन भएकाले हेलिकप्टरको सीमित भारवहन क्षमताका कारण पाएको काम पनि गर्नसक्ने अवस्था नरहेको जोशी बताउनुहुन्छ । उहाँका अनुसार हाल सञ्चालनमा रहेका हेलिकप्टरको भारवहन क्षमता समुद्र सतहदेखि बढीमा ११ सय केजीसम्म रहे पनि नेपालको भौगोलिक विकटताले गर्दा ६ सयदेखि सातसय केजी मात्र क्षमता रहेको छ । विकास निर्माण आयोजनाहरू खासगरी जलविद्युत् आयोजनाहरूको मेसिन उपकरण ढुवानीको माग बढी हुने गरेकोमा त्यस्ता ठूला मेसिन उपकरणहरू ढुवानीमा निजी क्षेत्रका एयरलाइन्सका हेलिकप्टर सक्षम छैनन् । सिक्दै, विदेशिँदै दक्ष जनशक्तिहेलिकप्टर व्यवसायमा पाइलटबाहेक अन्य दक्ष जनशक्तिको खासै अभाव छैन तर अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा दक्ष जनशक्ति पलायनको समस्या भने बढी देखिएको छ । नेपाली एयरलाइन्स कम्पनीहरू ट्रेनिङ सेन्टर हुने जोखिम बढेर गएको छ । वायु सेवा सञ्चालक संघ नेपालका महासचिव जोशीकाअनुसार विदेश गएर पढ्ने, यहाँका एयरलाइन्सहरूमा काम सिक्ने र अनि दक्ष भएर पुनः विदेशतिरै फर्किने क्रम देखिएको छ । त्यस्तो जनशक्ति रोक्न नेपाली एयरलाइन्स कम्पनीहरूले विदेशी एयरलाइन्स कम्पनी जस्तो धेरै पारिश्रमिक दिनसक्ने अवस्था पनि छैन । उहाँ भन्नुहुन्छ, ‘खासगरी एयरलाइन्स कम्पनीहरूको व्यवसाय खस्किएको बेला त्यस्तो जनशक्ति बाहिर जान खोज्ने गरेको पाइन्छ । एकजना टेक्निसियन बनाउन हामीले कम्तिमा पनि चारदेखि पाँच वर्ष मिहिनेत गर्नुपर्छ । त्यसरी जनशक्ति बाहिरिँदा हामीले गरेको लगानी लगानी खेरजाने अवस्था छ । अहिलेका युवा तलब मात्रै नहेरेर क्वालिटी अफ लाइफ पनि हेर्न थालेकाले यस्तो भएको हो ।’ ड्रोनको बढ्दो प्रयोग अर्को चुनौतीविगत केही वर्षयता ड्रोनको बढ्दो प्रयोग पनि हेलिकप्टर कम्पनीहरूका लागि चुनौती बन्दै छ । कार्गो सेवामा समेत ड्रोन प्रयोग हुन थाले पनि कतिपयले हेलिकप्टरको भविष्यबारे चिन्ता व्यक्त गर्न थालेका छन् । ठूलो परिमाणको कार्गो, राहत तथा उद्धारमा ड्रोन प्रविधि तत्कालका लागि हेलिकप्टरका लागि प्रतिस्पर्धी नदेखिए पनि अविष्यमा त्यस्तो सम्भावना नहोला भन्न सकिने अवस्था छैन । त्यसैले कैलाश हेलिकप्टर सर्भिसका अध्यक्षसमेत रहनुभएका वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष प्रदीप जंग पाण्डे पनि ड्रोन हेलिकप्टरका लागि चुनौती बन्दै गएको बताउनुहुन्छ । चुनौती सामना गर्न हेलिकप्टर कम्पनीहरूले सोहीअनुसार प्रविधि अपडेट गर्दै जानुपर्ने आवश्यकता बढेको उहाँको भनाइ छ । सीमित बजारबीच एयरलाइन्स कम्पनीहरूको विस्तारका कारण पनि कम्पनीहरूको व्यवसाय खुम्चिँदै गएको बताइएको छ । खस्किँदो व्यवसाय र बढ्दो सञ्चालन खर्च व्यवस्थानका लागि एयरलाइन्स कम्पनीहरू मर्जरमा जानुपर्ने अवस्था पनि आउनसक्ने पाण्डे बताउनुहुन्छ । इयुको कालोसूचीएयरलाइन्सहरूको अर्को चुनौती युरोपियन युनियन (इयु)को कालोसूची पनि हो । नेपालको हवाई क्षेत्रलाई इयुले उड्डयन सुरक्षा सूचीमा राखेको एक दशकभन्दा बढी भइसकेको छ । यसबीच पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक एउटै भएकोले समस्या आएको भन्दै छुट्याउनुपर्ने तयारी पनि भइरहेको छ । तर, सो सम्बन्धी कानुन बनाएर इयुको कालोसूचीबाट हटाउन प्रयास गर्दै आए पनि प्रयास सफल हुन सकेको छैन । वर्तमान सरकारले पनि हालै मात्रै नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गराएको छ । उक्त विधेयक पारित भएमा नेपालको हवाई क्षेत्रको नियामक निकाय क्यान सेवाप्रदायक र नियामक गरेर दुईवटा हुनेछ । नेपालका वायुसेवालाई युरोपेली आकाशमा उड्न लगाइएको प्रतिबन्धको मारमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गर्ने हेलिकप्टर कम्पनी परेका छन् । हवाई क्षेत्रको नियमन र सेवाप्रदायक दुवै एउटै निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गर्दा स्वार्थको द्वन्द्व भएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उडड्यान संगठन (आइकाओ)ले नेपालको हवाई सुरक्षामा गम्भीर चासो (एसएससी) देखाएको थियो । आइकाओले नेपाली उड्डयन क्षेत्रमा देखाएको गम्भीर सुरक्षा चिन्तासँगै सन् २०१३ को डिसेम्बरदेखि इयुले नेपालमा दर्ता भएका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपको आकाशमा उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । इयुको प्रतिबन्धसँगै नेपाली राष्ट्रिय झण्डा बोकेर उडान श्री एयरलाइन्सको उडान सम्झौता संयुक्त राष्ट्रसंघले रद्द गरिदिएपछि राष्ट्रसंघको शान्ति मिसन र विश्व खाद्य कार्यक्रमअन्तर्गत उडान गरिरहेका उक्त एयरलाइन्सका एमआई १७ हेलिकप्टर नेपाल फिर्ता आएका थिए । छवटा ठूला हेलिकप्टरबाट उडान गरिरहेको श्री एयरलाइन्स दक्षिण एसियाकै एमआई १७ हेलिकप्टर राख्ने ठूलो कम्पनी हो । संघका अनुसार हाल नेपालमा सञ्चालनमा रहेका १२ वटा एयरलाइन्स कम्पनीहरूमा एयर डाइनेस्टी, अल्टिच्युड एयर, सिम्रिक एयर, फिस्टेल एयर, मनाङ एयर, प्रभु हेलिकप्टर, श्री एयरलाइन्स, कैलाश हेलिकप्टर सर्भिस, हेलि एभरेस्ट, माउन्टेन हेलिकप्टर्स, मुस्ताङ एयर र अन्नपूर्ण हेलिकप्टर रहेका छन् । अन्य केही कम्पनीहरू पनि सञ्चालन प्रक्रिया रहेका बताइएको छ । हाल सीमित रहेको हेलिकप्टरको व्यवसाय आगामी दिनमा विस्तार हुन नसकेमा हेलिकप्टर कम्पनीहरूको व्यवसाय थप खुम्चिँदै जाने संघका महासचिव जोशी बताउनुहुन्छ । तथापि, पर्यटन क्षेत्रमा सुधार आएमा भने हेलिकप्टर संख्या थपिए पनि बजारको समस्या नहुने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play