एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन

अमेजनले आफ्नो एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्ने शुक्रबार पुष्टि गरेको छ। कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट समावेश गरिएका आफ्ना पहिलो ट्याब्लेट कम्प्युटर सार्वजनिक गरेको एक दिनपछि यो घोषणा गरेको हो। अमेजनका अनुसार तीन वर्षभन्दा बढी समयदेखि एलेक्सा र इकोका उपाध्यक्षका रूपमा काम गर्दै आएका ड्यानियल राउशले आगामी महिना यो विभागको जिम्मेवारी छाड्नेछन्। उनी अमेजनमा १७ वर्षदेखि कार्यरत छन्। रोयटर्सका अनुसार कार्यक्रम तथा विश्वव्यापी उत्पादन सार्वजनिक गर्ने अवसरमा एलेक्साको प्रतिनिधिका रूपमा देखिँदै आएका राउश सन् २०२७ मा डिभाइस तथा सर्भिसेस विभागमा अर्को भूमिकामा फर्कनेछन्। उनको स्थानमा अमेजनले हाल फायर टीभी, विज्ञापन र अमेजन एपस्टोरका उपाध्यक्षका रूपमा कार्यरत एडन मार्कसलाई नियुक्त गर्नेछ। मार्कस सन् २०२५ को सुरुवातमा माइक्रोसफ्टबाट अमेजनमा आएका थिए। उनले गत महिना नयाँ फायर टीभी स्टिक सार्वजनिक गर्ने कामको नेतृत्व गरेका थिए। उक्त उपकरणले मिश्रित प्रतिक्रिया पाएको छ। अमेजनका अनुसार उत्पादन तथा मार्केटिङका उपाध्यक्ष केभिन किथले आफ्नो वर्तमान जिम्मेवारी कायम राख्दै केही समयका लागि मार्कसका जिम्मेवारीसमेत सम्हाल्नेछन्। कम्पनीले नेतृत्व परिवर्तनबारे थप विवरण दिन अस्वीकार गरेको छ। सन् २०१४ मा सार्वजनिक भएदेखि नै एलेक्सा अमेजनका लागि निरन्तर घाटाको व्यवसाय बनेको छ। अमेजनले लामो समयदेखि प्रयोगकर्ताका विस्तृत निर्देशनको जवाफ दिन सक्ने जेनेरेटिभ एआईमा आधारित एलेक्साको नयाँ संस्करण विकास गरिरहेको थियो। बिहीबार सार्वजनिक गरिएका नयाँ एलेक्सा ट्याब्लेटमा यो सेवा समावेश गरिएको छ। अमेजनले यसअघि कम मूल्यमा उपलब्ध गराउँदै आएका फायर ट्याब्लेटको तुलनामा नयाँ ट्याब्लेटलाई उच्च मूल्यको उत्पादनका रूपमा बजारमा ल्याएको छ। एलेक्साको पछिल्लो संस्करण ‘एलेक्सा प्लस’ वार्षिक १३९ अमेरिकी डलर शुल्क लाग्ने प्राइम सदस्यतामा समावेश छ। यसलाई छुट्टै सेवा रूपमा प्रयोग गर्न मासिक २० अमेरिकी डलर तिर्नुपर्छ। The post एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति
न्यू लार्के र ओल्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज ११ गतेको भारी वर्षाका कारण अवरुद्ध बनेको मुस्ताङको सञ्चार पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यहाँ रहेका दुई वटा रेडियो लिङ्क उपकरणलाई पूर्ण क्षमतामा रुपान्तरण गरिएको हो। यसअघि म्याग्दीको घोरेपानी र मुस्ताङको न्यू लार्के ...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
२९ असोज, काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, […] The post राजमार्गका होटल तथा ...

टाटा टेक्नोलोजिजको नाफा ३.६ प्रतिशत बढ्यो, वार्षिक आम्दानी दोहोरो अंकमा बढ्ने अपेक्षा
भारतको टाटा टेक्नोलोजिजको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद नाफा ३.६ प्रतिशत बढेको छ। इन्जिनियरिङ सेवा व्यवसायमा भएको वृद्धिको सहयोगमा कम्पनीले सेप्टेम्बर ३० मा समाप्त त्रैमासिकमा १ अर्ब ७१ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो। बुधबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.४ प्रतिशत ...


