Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

न्यू लार्के र ओल्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज ११ गतेको भारी वर्षाका कारण अवरुद्ध बनेको मुस्ताङको सञ्चार पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यहाँ रहेका दुई वटा रेडियो लिङ्क उपकरणलाई पूर्ण क्षमतामा रुपान्तरण गरिएको हो। यसअघि म्याग्दीको घोरेपानी र मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा व्यवस्था गरिएको माईक्रोवेभ रेडियो लिङ्क उपकरणमा प्राविधिक समस्या आउँदा मुस्ताङमा पूर्ण रुपमा सञ्चार सम्पर्क अवरुद्ध हुन पुगेको थियो। भारी वर्षाका कारण अवरुद्ध रहेको मुस्ताङको सञ्चारको पहुँचलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउन नेपाल टेलिकम जोमसोम शाखाले जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी अन्य रेडियो लिङ्कको सम्पर्क स्थापित गर्ने न्यू लार्के र ओल्ड लार्के रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख हुमबहादुर भुजेलले थासाङस्थित न्यू लार्के र ओल्ड लार्के रिपिटर साइडमा पावर ब्याकअप व्यवस्थापन तथा रेडियो लिङ्क पूर्ण क्षमता सञ्चालन गरिएको बताए। जोमसोमस्थित टेलिकम कार्यालयमा रहेको सय एम्पियर क्षमताको दुई थान लिथियम–आयन ब्याट्री पूर्ण चार्ज गरी जडान गरिएको हो।-रासस The post मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाहीको पत्रले मच्चियो हडकम्प
प्रविधिJust now

दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाहीको पत्रले मच्चियो हडकम्प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको कारबाही र जरिवानाको पत्रले हडकम्प मच्चिएको छ। प्राधिकरणले २०८३ असोज २७ गते सार्वजनिक सूचना जारी गरेर १४ ओटा इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गरेको जानकारी दिएको थियो। प्राधिकरणले उक्त सूचनामा अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै १४ ओटा इन्टरनेट सेवा प्रदायकलाई जरिवाना गरेको जानकारी दिएको थियो। जसअनुसार सबैलाई ५० हजार रुपैयाँ समेत जरिवाना तिर्न निर्देशन दिईएको ...

टेक्नोलोजी खबर
एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन
प्रविधिJust now

एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन

अमेजनले आफ्नो एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्ने शुक्रबार पुष्टि गरेको छ। कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट समावेश गरिएका आफ्ना पहिलो ट्याब्लेट कम्प्युटर सार्वजनिक गरेको एक दिनपछि यो घोषणा गरेको हो। अमेजनका अनुसार तीन वर्षभन्दा बढी समयदेखि एलेक्सा र इकोका उपाध्यक्षका रूपमा काम गर्दै आएका ड्यानियल राउशले आगामी महिना यो विभागको जिम्मेवारी छाड्नेछन्। उनी अमेजनमा १७ वर्षदेखि कार्यरत छन्। रोयटर्सका अनुसार कार्यक्रम तथा विश्वव्यापी ...

टेक्नोलोजी खबर
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
प्रविधिJust now

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन

२९ असोज, काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, […] The post राजमार्गका होटल तथा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play