नारायणी किनारमा तटबन्धसहित सौन्दर्य अभिवृद्धि गरिँदै

चितवन।नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्य अभिवृद्धि गरिने भएको छ। यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो। नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य संघ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो। भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो। रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा. मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ। सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जन, विभागका इन्जिनियर लक्ष्मीशोभा महर्जन, इन्जिनियर अप्सना श्रेष्ठ र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर सिजन श्रेष्ठ रहेका छन्। प्रधानका अनुसार मन्त्रालयले नारायणगढ बजारस्थित नारायणी नदीको तटीय क्षेत्रलाई सौन्दर्यकरण तथा ‘रिक्रियसन’ स्थलका रुपमा विकास गर्न गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको हो। कार्यदलले पहिलो चरणमा सरोकारवालासँग भरतपुरमा छलफल गरिसकेको छ। भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुखलगायतसँग स्थलगत र महानगरमा बसेर छलफल गरिएको छ। कार्यदलका संयोजक श्रेष्ठले स्थलगत अध्ययन गर्दा पहिलो चरणमा तटबन्धनबाट नदी किनारलाई सुरक्षित गर्नुपर्ने देखिएको बताए। त्यसका लागि तटबन्धनको काम गर्ने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनासँग छलफल गरिएको उनले बताए । उनले भने, “पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ।” कार्यदलले कामलाई तीव्र रुपमा अघि बढाउने उनले बताए। नारायणी नदीको चितवन र नवलपरासीतर्फको दुवैतर्फ तटबन्धन गर्न बाँकी रहेका क्षेत्रमा सँगै तटबन्धन गरी नदी किनारलाई सौन्दर्यकरण गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन्। अध्ययनको काम तत्काल सम्पन्न गरी काम अघि बढाउने योजनामा विभाग रहेको उनले जानकारी दिए। स्थानीय समेत रहेका प्रधानले दुबै मन्त्रालयसँग समन्वय गरी काम अघि बढाइने बताए। उनले भने, “नारायणी नदीका कारण हुने कटान रोक्नका लागि आवश्यक काम तत्काल गर्न सभापतिको निर्देशन भएकाले सोहीअनुसार काम अघि बढ्नेछ।” नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ। यसका लागि २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो। समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ। नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब ६ अर्ब आवश्यक रहेको कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताए। नदी तटीय क्षेत्रमा सौन्दर्यकरण गर्नु अघि तटबन्धन गर्नुपर्ने देखिएका आवश्यक अध्ययन र काम अघि बढाउने विषयमा छलफल थालिएको बताए। बजार क्षेत्रसँगै दुवै जिल्लामा तटबन्धन नगरिएका ठाउँमा तटबन्धन आवश्यक देखिएको उनले बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...


