Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

10/14/2026, 12:49:25 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह लामा अत्याधिक मतका साथ विजय भएका छन्। उनले ३ हजार २४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। यसैगरी, आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए। जनजाति महिलातर्फ गीता गुरुङ २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवाल २ हजार ७६८, रेणुका काउछा मगर २ हजार ३९२, सपनाराज भण्डारी जोशी २ हजार ३५१, सिता कुमारी राना मगर २ हजार १३२, प्रमिला राई २ हजार २०, लिलादेवी बोखिम लिम्बु १ हजार ६८१, पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्। त्यसैगरी पुरुषतर्फ तीर्थ लामा ४ हजार ४२५, ई. अनुप श्रेष्ठ २ हजार ५५१, डा. प्रेमध्वज लामा २ हजार ५०५, कर्मा छेरिङ शेर्पा २ हजार ४०६, टेकप्रसाद गुरुङ २ हजार ९०, भीम श्रीस मगर २ हजार ४६, रामकृष्ण चित्रकार १ हजार ९८२, बुद्ध लामा १ हजार ९५६, गेल्जे लामा शेर्पा १ हजार ८१९, वंशलाल तामाङ १ हजार ७५६, अमृत गुरुङ १ हजार ६८९ र सुशील गुरुङ १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

तराई-मधेसमा नवरात्रि :  देवीको पूजा गर्ने समाजमा महिलाको सम्मान कति छ ?
OthersJust now

तराई-मधेसमा नवरात्रि : देवीको पूजा गर्ने समाजमा महिलाको सम्मान कति छ ?

दसैंको रौनक भित्रिसकेको छ । घरघरमा जमरा उम्रिरहेका छन् । कतै बिहानै दुर्गा भवानीको आराधना भइरहेको छ । कतै मन्दिरमा घण्टी बजिरहेको छ । त कतै दुर्गापूजाका लागि पण्डाल सजाइँदै छन् । गाउँदेखि सहरसम्म चाडपर्वको उमङ्ग छ । नेपालमा दसैंको सांस्कृतिक रूप विविध छ । पहाडमा घरघरमा जमरा राख्ने, दुर्गाभवानीको पूजा गर्ने, मान्यजनबाट टीका र… ...

अनलाइन खबर
साढे २१ किलो सुन तस्करी प्रकरण : एयरपोर्टबाटै आएको संकेत, ५ पटकसम्म गाडी पुगेको देखियो
OthersJust now

साढे २१ किलो सुन तस्करी प्रकरण : एयरपोर्टबाटै आएको संकेत, ५ पटकसम्म गाडी पुगेको देखियो

एक अनुसन्धान अधिकृत भन्छन्, ‘कारको शंकास्पद गतिविधिले पनि यो सुन हवाई रुट हुँदै आएको हुनुपर्ने हाम्रो विश्लेषण छ ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play