Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/नेपाल टेलिकमले ल्यायो ‘अटम अफर २०८३’, यस्ता छन् आकर्षण

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर २०८३’, यस्ता छन् आकर्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकमले ल्यायो ‘अटम अफर २०८३’, यस्ता छन् आकर्षण

नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ। कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको हो। नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ। अल नेट भ्वाइस प्याक अन्तर्गत रु. ३५, ४९, ९८, १८९ र २९९ मा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन्। यी प्याकहरुको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ। सजिलो अनलिमिटेड अन्तर्गत ६९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ। त्यसैगरी १,४९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ। पोस्टपेड प्रयोगकर्ताहरुले ३७३ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्ने छन्। कम्पनीका अनुसार भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन्। त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन्। फरक क्षमता भएका व्यक्तिहरुका लागि समेत छुट्टै प्याकेज उपलब्ध रहेको छ। अटम अफर २०८३ हिजो असोज २६ देखि लागु भएको छ। ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ। The post नेपाल टेलिकमले ल्यायो ‘अटम अफर २०८३’, यस्ता छन् आकर्षण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

इन्साइट टेक्नोलोजी एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा ‘एआई इन साइबरसेक्यूरिटि’ अवार्डद्वारा सम्मानित
प्रविधिJust now

इन्साइट टेक्नोलोजी एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा ‘एआई इन साइबरसेक्यूरिटि’ अवार्डद्वारा सम्मानित

नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तराष्ट्रीय पुरस्कार एआई इन साइबरसेक्यूरिटि अवार्डबाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित एसोसीयो डिजीटल एआई अवार्ड २०२६ मा इन्साइट टेक्नोलोजीले सूचना प्रविधि तथा साइबर सुरक्षा प्रविधिमा पुर्याएको योगदानको कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो। एसोसीयो एसिया र ओशिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको एक क्षेत्रीय आईसीटी उद्योग संस्था हो। सन् १९८४ ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ
प्रविधिJust now

सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राऊ परेका छन्। सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राऊ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राऊ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको बताए। सापकोटालाई जिल्ला ...

टेक्नोलोजी खबर
स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
प्रविधिJust now

स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play