Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ

सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राऊ परेका छन्। सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राऊ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राऊ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको बताए। सापकोटालाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको विष्ट जानकारी दिए। उनका अनुसार सापकोटामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइनेछ।-रासस The post सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर २०८३’, यस्ता छन् आकर्षण
प्रविधिJust now

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर २०८३’, यस्ता छन् आकर्षण

नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ। कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको हो। नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ। अल नेट भ्वाइस प्याक अन्तर्गत रु. ३५, ४९, ९८, १८९ र २९९ मा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन्। यी ...

टेक्नोलोजी खबर
स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
प्रविधिJust now

स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ... ...

सिंहदरबार न्युज
नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?
प्रविधिJust now

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play