सतुङ्गलमा घरभित्र पस्यो मालबाहक ट्रक, तीन पसल र स्कुटरमा क्षति

काठमाडौं, असोज ३० । काठमाडौंको सतुङ्गलमा एउटा मालबाहक ट्रक घरभित्र पसेकाे छ । साे दुर्घटनामा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ । दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार साँझ करिब ९ः१५ बजे बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक घरभित्र पसेर दुर्घटना भएको हो । ट्रक घरभित्र पस्दा त्यहाँ रहेका तीनवटा पसल र बागमती प्रदेश ०२–०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र एक जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News
.jpg)
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी
काठमाडौँ, असोज ३० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर... ...

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठसहित तीन जना निर्वाचित, महिलातर्फ सरस्वती विजयी
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। […] ...

कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुङ्गाकी बाला अधिकारी केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ। पेशागत विषयगत क्षेत्रको महिला खुला समूहमा... ...

चार दिन काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित
काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारी पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी ...


